डोटी जिल्लाका दुई वटा सरकारी कार्यालयमाहरुमा क्षतिपूर्ति सहितको नागरिक व

डोटी समाचारदाता
डोटी, जेठ २३ गते । सेवाग्राही जनतालाई गुणस्तरीय सेवा दिन डोटी जिल्लाका दुई वटा सरकारी कार्यालयले क्षेतीपुर्ती सहितको नागरिक बडापत्र जारी गरेका छन ।
कृषि मन्त्रालय अन्तरगत रहेको जिल्ला कृषि बिकास कार्यालय डोटी र जिल्ला पशु सेवा कार्यालय डोटीले आफ्नो कार्यालयमा क्षेतीपूर्ति सहितको नागरिक बडापत्र जारी गरि मातहतका निकाय मार्फत ग्रामीण क्षेत्रका सेवाग्राहीहरुलाई क्षेतीपुर्ती सहितको नागरिक बडापत्रको बारेमा जानकारी गराउने कार्य भईरहेको जिल्ला कृषि बिकास कार्यालय डोटीका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत यज्ञराज जोशीले बताउनु भयो ।
कार्यालय प्रमुख जोशीका अनुसार बिगत  लामो समय देखि सेवाग्राही किसानहरुले क्षेतीपूर्ति सहितको नागरिक बडापत्र  जारी हुनु पर्ने माग गरिरहेकोमा क्षतीपूर्ति सहितको नागरिक बडापत्र जारी भएपछि गुणस्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: