डोटीका केहि गाविसहरुमा भित्ते पत्रिका प्रकाशन शुरु

डोटी समारदाता
डोटी, जेठ १ गते ।  सामाजिक बिषय बस्तु माथी केन्द्रित रहेर डोटीको लडागडा र पोखरी गाबिसका बिभिन्न बिद्यालय स्तरमा भित्ते पत्रिकाको प्रकाशन शुरु गरिने भएको छ । गुड नेवर्स नेपाल को सहयोगमा डोटीको लडागडा र पोखरी गाबिसका बिभिन्न बिद्यालयका कक्षा ५ देखि ८ सम्मका बिद्यार्थीहरुले सामाजिक समस्या तथा सफलताका बिषयलाई लिएर मासिक रुपमा भित्रे पत्रिकाको प्रकाशन गरिने भएको हो ।
सामाजिक परिवर्तनमा भित्ते पत्रिकाको उपयोग प्रभावाकारी हुने उद्देश्यले डोटीको पोखरी गाबिसका ८ बिद्यालयका ३० जना बिद्याबिद्यार्थीहरुलाई यस अघि नै तिन दिने भित्ते पत्रिका लेखन सिप सम्बन्धि क्षमता बिकास तालिम दिई सकिएको छ, भने बुधवारवाट डोटीको लडागडा गाबिसमा पनि भित्ते पत्रिका लेखन सिप सम्बन्धि तालिम शुरु भएको छ ।
बिभिन्न किसिमका परम्पराग बिकास बिराधी बिषय बस्तुलाई भित्ते पत्रिका मार्फत उजागर गर्ने उद्देश्यले बालबालीकाहरुका उक्त तालिम आयोजना गरिएको डोटी लडागडा सामुदायिक बिकासलागी आयोजन परियोजनाका संयोजक हर्क बहादुर बलायरले जानकारी दिनु भयो ।
बिभिन्न बिद्यालयका २५ जना भन्दा बढी बालबालिकाहरुको सहभागिता रहेको तालिममा भित्ते पत्रिका लेखन, ब्यबस्थापन तथा यसको प्रयोगवाट समाजमा पर्ने सकारात्मक प्रभावको लयागतका बिषय बस्तुमा रहेर तालिम प्रदान गरिने बताईएको छ ।
 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: