डोटी जिल्लाका स्वास्थ्य संस्थालाई पारदर्शी र जवाफदेही वनाउन सामाजिक परिक

डोटी समाचारदाता ।
डोटी जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुले बार्षिक सामाजिक परीक्षण कार्यक्रम मार्फत स्वास्थ्य सेवालाई पारदर्शी र जवाफदेही बनाउन थालेका छन ।
स्थानीय स्वास्थ्य शासन सुदृढिकरण कार्यक्रम लागु भएका डोटीका २० गाउं बिकास समितिका स्थानीय स्वास्थ्य संस्थाहरुमा बिगत ३ बर्ष देखि सामाजिक परीक्षण कार्यक्रम आयोजना गर्न थालिएपछि   सेवा प्रदायक स्वास्थ्य संस्थाहरु क्रमस  जवाफदेहि बन्दै गएको सेवाग्राहीहरुले अनुभूति गर्न थालेका छन ।
सामाजिक परीक्षण कार्यक्रमबाट प्राप्त सुझावले स्वास्थ्य संस्थालाई जवाफदेहि बनाई सेवा सुबिधालाई गुणस्तरीय बनाउन सहयोग पुगेको गिरिचौका उपस्वास्थ्य चौकीका ईन्चार्ज चन्द्र बिष्ठले बताउनु भयो ।
छपाली गाबिसका सचिब धर्मबहादुर देउवाको धारणा पनि बिष्ठको जस्तै छ । सामाजिक परिक्षण कार्यक्रमले स्वास्थ्य संस्थाप्रति सरोकारवालाको अपनत्व बढाएको स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गाबिस सचिब देउवाले बताउनु भयो ।
जिआई जेडको प्राबिधिक सहयोगमा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गर्ने कार्य नेपालमै डोटी जिल्लाबाट शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । सामाजिक परीक्षण कार्यक्रम स्वास्थ्य क्षेत्रमा प्रभावकारी बन्दै गएकाले अहिले नेपालका बिभिन्न जिल्लामा अभ्यासमा ल्याउन थालिएको छ ।
स्थानीय स्वासथ्य शासन सुदृढिकरण कार्यक्रम संचालित डोटीका २० गाबिसबाट शुरु गरिएको सामाजिक परिक्षण कार्यक्रम क्रमस डोटी जिल्लाका सबै स्वास्थ्य संस्थामा बिस्तार गरि संस्थागत गरिने बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले बताउनु भयो ।
चालु आर्थिक बर्षमा जिल्ला स्वासथ्य कार्यालयको नियमित कार्यक्रमबाट २० गाबिसमा, वल्र्डभिजन ईन्टरनेश्नल डोटीको सहयोगमा ४ गाबिस र गुड नेभर्स ईन्टरनेश्नलको सहयोगमा २ गाबिस गरि २६ गाबिसका स्वास्थ्य संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम  ग कार्यालय डोटीले जनाएको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: