अन्तरजातीय विवाह गर्ने जोडीले प्रोत्साहान रकम पाउने

डोटी सिलगढी | दलित गैरदलित अन्तरजातीय विवाह गर्ने डोटीका बिभिन्न ६ जोडीले करिब ३ बर्षपछि प्रोत्साहन रकम पाउने भएका छन ।
अन्तरजातीय विवाह गर्ने प्रत्यक जोडीलाई १ लाखका दरले प्रोत्साहन रकम उपलब्ध  गराउन बजेट निकासा भई आईसकेको डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले जानकारी दिनु भयो ।
समयमा रकम नपाएपछि अन्तरजातीय विवाह गर्ने जोडीलाई ससम्मान समाजमा पुनस्थापना गर्ने सरकारी नीतिको डोटीमा बिरोध हुदै आएको थियो । पछिल्लो समयमा प्रोत्साहन रकम छिटो छरितो रुपमा माग गर्ने बितरण गर्ने काम भईरहेको निमित्ति प्रमुख जिल्ला अधिकारी सिंहले बताउनु भयो ।
प्रोत्साहन रकम पाउनेहरुमा खातीवाडा गाबिस वडा नं. ४ का गौरीलाल पार्कीको जोडी, छतिवन गाबिस वडा नं. ३ का दिपक बिकको जोडी, दिपायल सिलगढी नगरपालिका वडा नं. ११ का राजु दमाईको जोडी, नगरपालिका कै वडा नं. ३ का राकेश सिजापतिको जोडी, वडा नं. ७ को रोशन दमाईको जोडि र लक्ष्मीनगर गाबिस वडा नं. ४ का अम्मरबहादुर सार्कीको जोडी रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: