पचनाली गाबिसद्धारा सार्बजनिक सुनुवाई कार्यक्रम


पचनाली / सेवाग्राहीहरुको गुनासो सुन्न पचनालीं गाउं बिकास समितिले हिजो गाबिस प्रांगणमा सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
गाउं बिकास समितिका सचिब खगेन्द्रप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न सो सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले पचनाली गाबिसको कार्यालय ब्यवस्थापन, नागरिक बडापत्र, गुनासो पेटिका, कर्मचारीको नियमित उपस्थिती, गाबिसमा खानेपानी तथा सरसफाईको अबस्थामा सुधार, सबै वडामा बिद्युतीकरण नभएको, गाबिसमा संचालित योजनाहरुको प्रभावकारी अनुगमन नभएको, सार्बजनिक सुनुवाई कार्यक्रम तथा सामाजिक परिक्षण कार्यक्रमलाई नियमित गर्नु पर्ने जस्ता गुनासाहरु राखेका थिए ।
सेवाग्राहीहरुका गुनासाहरु सुनिसकेपछि गाबिस सचिब खगेन्द्रप्रसाद भट्टले जनप्रतिनीधिबिहिन भएको अवस्थामा जनताका सेवाहरु प्रभावित भएको बताउदै जनप्रतिनीधि बहाल नभए सम्म आम जनताको साथ लिएर जनताका पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा सरस्वाती उच्च माबि चुडि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम फुलारा, बिद्यार्थी नेता धर्मदेब फुलारा, एकिकृत नेकपा(माओबवदी)का रमेश जोशी, नेकपा(एमाले) का कृष्णराज जोशी, नेपाली कांग्रेसका शेरबहादुर मल्ल लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
हरेक चौमासिकमा अनिबार्य रुपमा सार्बजनिक सुनुवाई गर्नु पर्ने भएपनि चालु आर्थिक बर्षमा सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने पचनाली गाबिस पाचौं गाबिस हो ।
यसै गरि डोटीको जिजौडामाण्डौं गाबिसले पनि हालै सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । गाबिसका सचिब पुष्पराज पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गाबिसका सेवाहरु परदर्शी र जवाफदेही हुनु पर्ने कुरामा जोड दिएका थिए ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: