लक्ष्मीनगर गाविसमा घुम्ति शिविर शुरु


डोटी समाचारदाता
डोटी, बैशाख २९ गते । गाउं बिकास समितिले प्रदान गर्ने सेवा सुबिधाहरुलाई सर्ब सुलभ र गुणस्तरीय बनाउन डोटीको लक्ष्मीनगर गाउं बिकास समितिले घुम्ती शिबिर शुरु गरेको छ ।
लक्ष्मीनगर गाउं बिकास समितिका सचिब चन्द्रदेब ओझाका दिनु भएको जानकारी अनुसार भौगोलिक रुपमा बिकट वडाका गाउं बस्ती सम्म पुगेर गाबिसका सेवाहरु प्रदान गर्ने  काम गरिरहेको रहेको छ ।
सचिव ओझाका अनुसार दुरदराजका बस्ती सम्म पुगेर बिभिन्न सिफारिसहरु, मालपोत संकलन, पंजिकरण सम्बन्धि सेवाहरु, योजनाको अनुगमन मुल्यांकन तथा सेवाग्राहीहरुका गुनासाहरु संकलन गर्ने कार्यक्रम संचालन गरिरहेको छ ।
भौगोलिक रुपमा बिकट र ठुलो क्षेत्रफल रहेको सो गाबिसको ९ वटै वडामा घुम्ती शिबिर संचालन गरिने जनाएको छ । डोटी जिल्लामो घुम्ती शिबिर संचालन गर्नेमा लक्ष्मीनगर गाबिसे पहिलो हो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: