सिलगढीमा कम खर्चिलो भु संरक्षण तालिम सम्पन्न

सिलगढी / स्थानीय बासिन्दाहरुलाई कम खर्चिलो भु संरक्षण तरिकाको बारेमा जानकारी दिई दिगो भु संरक्षणमा योगदान दिने उद्देश्यले आयोजना गरिएको ३ दिने तालिम आज सिलगढीमा सम्पन्न भएको छ ।
जिल्ला भु संरक्षण कार्यालय डोटीको आयोजनामा भएको उक्त तालिममा जिल्ला भु संरक्षण अधिकृत दामोदरसिंह ऐर, रेन्जर कबिता देबकोटा, जिल्ला बन कार्यालय डोटीका सहायक बन अधिकृत दिनेश हुमागाई, रेन्जर धनसेर थापाले स्थानीय पहलबाटै गर्न सकिने भु संरक्षण तरिकाको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
उक्त तालिममा जिजौडामाण्डौं, लाटामाण्डौं, मुडेगाउं, बनलेक गाबिस तथा दिपायल सिलगढी नगरपालिकाका कुमालिकोट, उडितोलाका ११ महिला र ३ जना पुरुष गरि १४ जनाको सहभागिता रहेको थियो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: