गणतन्त्र दिवस डोटीमा पनि बिभिन्न कार्यक्रमको आयोजना मनाईयो


सिलगढी/यस बर्षको पांचौ गणतन्त्र दिवस डोटीमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
गणतन्त्र दिवस मुल तयारी समितिको आयोजनामा आज जिल्ला सदरमुकाम सिलगढीमा र जिल्लाका बिभिन्न गाबिसमा पनि गणतन्त्र दिवस मनाईएको खबर प्राप्त भएको छ ।
गणतन्त्र दिवसको अबसर पारी जिल्ला सदरमुकाम सिलगढीमा आज प्रभातफेरी तथा जिल्ला बिकास समितिको सभाकक्षमा समारोहको आयोजना गरियो । जिल्ला बिकास समितिको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले गणतन्त्रलाई जनताले अनुभुती गर्ने गरि गणतन्त्रलाई संस्थागत गरिनु पर्ने कुरामा  जोड दिएका छन ।
जिल्ला बिकास समिति डोटीका स्थानीय बिकास अधिकारी शिबकुमार कार्कीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी डोटीका प्रमुख जिल्ला अधिकारी गोबिन्दबहादुर कार्की, नेपाली कांग्रेसका एकमबहादुर छेडाल, नेकपा एमालेका चक्रबहादुर मल्ल, एकिकृत नेकपा   (माओबादी)का सहदेब खाती, राष्ट्रिय जनमोर्चाका केशबनाथ योगी, संघिय समाजबादी पार्टीका श्रीप्रसाद श्रेष्ठ लगायतका बक्ताहरुले बोल्नु भएको थियो । उक्त अबसरमा जिल्ला बिकास समितिको सभाकक्षमा बिभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका थिए ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: