उपभोक्ता समितिलाई तालिम

उपभोक्ता समिति मार्फत संचालन गरिने कृयाकलाप प्रभावकारी हुन नसकेपछि डोटीको बनलेक गाबिसले पहिलो पटक उपभोक्ता समितिका पदाधिकारीहरुलाई जिम्मेवारी र भूमिका बिषयक तालिम दिएको छ ।
चालु आर्थिक बर्षमा बनलेक गाबिसले तर्जुमा गरेका बिभिन्न योजनाहरुलाई प्रभाकारी बनाउन उनिहरुको क्षमता अभिबृद्धि गर्न जिम्मेवारी र भूमिका बिषयमा तालिम दिईएको गाबिस सचिब लक्ष्मीकान्त रोस्याराले बताउनु भयो ।
बिभिन्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई जिम्मेवारी र भूमिका बिषयमा क्षमता अभिबृद्धि गर्न, गाबिसको योजना तर्जुमा प्रकृया, भूक्तानी प्रकृया, योजनामा समाबेशीकरण, सूचनाको हक सार्बजनिक परिक्षण लगायतका बिषयमा जानकारी दिइएको गाउं बिकास समितिले जनाएको छ । उपभोक्ता समितिका पदाधिकारीहरुलाई भूमिका र जिम्मेवारी बिषयमा प्रशिक्षण दिईएको डोटीमै यो पहिलो हो ।
 बनलेक गाबिसका बिभिन्न उपभोक्ता समितिका ३५ जनाको सहभागिता रहेको उक्त तीन दिने तालिमको पत्रकार देबेन्द्रप्रसाद गुरुंग र महेश टेलरले प्रशिक्षण दिनु भएको थियो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: