स्थानीय शासनका महिलाको सहभागिता बढाउन क्षमता अभिबृद्धि तालिम

बनलेक गाउं बिकास समितिद्धारा आयोजना गरिएको दुईदिने स्थानीय शासनमा महिलाको अर्थपूर्ण सहभागिता बिषयक तालिम बनलेक गाबिसको बानिडुग्रीसैनमा सम्पन्न भएको छ ।
स्थानीय स्तरमा महिलाको अर्थपूर्ण सहभागिताको लागि अगुवा महिलाको क्षमता अभिबृद्धि गर्न उक्त तालिम आयोजना गरिएको गाबिस सचिब लक्ष्मीकान्त रोस्याराले जानकारी दिनु भयो ।
उक्त तालिममा गाबिसको योजना तर्जुमा प्रकृया, महिलाको नेतृत्व बिकास, महिलाको सहभागिता, महिलामैत्री सरकारी सेवाहरु, महिला अधिकार र कानूनी ब्यवस्थाका बारेमा जानकारी दिईएको थियो ।
उक्त तालिममा बनलेक गाबिसका २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: