भूमिराजमाण्डौ गाबिसद्धारा सार्बजनिक सुनुवाई कार्यक्रम

सेवाग्राहीहरुको गुनासो सुन्न भूमिराजमाण्डौं गाउं बिकास समितिले हिजो गाबिस प्रांगणमा सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
गाउं बिकास समितिका सचिब डबलबहादुर भाटको अध्यक्षतामा सम्पन्न सो सार्बजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीहरुले गाबिसको योजना तर्जुमा प्रकृया बिधि सम्मत नभएको, गाबिसको केन्द्र रहेको स्थान लगायत वडा नं. २ मा खानेपानीको चरम समस्या रहेको, गाबिसका अधिकांश वडामा बिद्युतीकरण नभएको, गाबिसको आफ्नो भवन ब्यवस्थित नहुंदा सेवा गुणस्तरीय नभएको, गाबिसको नागरिक बडापत्र नभएको, गाबिसमा संचालित योजनाहरुको प्रभावकारी अनुगमन नभएको जस्ता गुनासाहरु राखेका थिए ।
सेवाग्राहीहरुका गुनासाहरु सुनिसकेपछि गाबिस सचिब डबलबहादुर भाटले जनप्रतिनीधिबिहिन भएको अवस्थामा जनताका सेवाहरु प्रभावित भएको बताउदै जनप्रतिनीधि बहाल नभए सम्म आम जनताको साथ लिएर जनताका पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
हरेक चौमासिकमा अनिबार्य रुपमा सार्बजनिक सुनुवाई गर्नु पर्ने भएपनि चालु आर्थिक बर्षमा सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भूमिराजमाण्डौं गाबिस तेश्रो गाबिस हो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: