मालवाहक जहाज गोली हानी खसालियो, ५० सैनिक मारिए

img1

किभ, ३१ जेठ । पूर्वीयुक्रेनमा शनिबार सैनिकको मालवाहक विमान गोली हानी खसालिएको छ । सो विमानमा रहेका कम्तीमा पनि ५० जना सैनिक मारिएको बताइएको छ । 

शनिबार बिहानै सो विमानमा गोली हानी खसालिएको बताइएको छ । सो कुराको पुष्टि युक्रेनको रक्षा मन्त्रालयले गरेको छ । सो मन्त्रालयको वेबसाइटमा राखिएको विज्ञप्तिमा विद्रोहीले गोली हानेर सो जहाज खसालेको बताइएको छ । 

सो घटनामा परी भएको क्षतिबारे भने सो विज्ञप्तिमा खुलाइएको छैन । सो जहाजमा के–कति नागरिक थिए भन्ने केही खुलाइएको थिएन ।

तर, युक्रेनको सैनिकले सो सो समाचारको पुष्टि गरेको छ । सैनिकले दिएको जानकारीअनुसार सो जहाजमा रहेका ५० जना सैनिक पनि मारिएका छन् । 

सैनिक जहाजले सैनिक सामानका साथै अन्य उपकरणको ढुवानी गरिरहेको थियो । त्यहाँ रहेका पृथकतावादीले सो विमानमा गोली हानी खसालेको समाचारमा जनाइएको छ ।

युक्रेनको पूर्वीसहरमा लामो समयदेखि पृथकतावादीले आन्दोलन जारी राखेका छन् । उनीहरूले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गरी रसियमा विलय हुन पाउनुपर्ने माग गर्दै आएका छन् । 

तर, युक्रेनले भने त्यसको विरोध गरिरहेको छ । सो क्षेत्रमा जारी विद्रोहका क्रममा कैयौँ नागरिकको ज्यान गएको छ । रासस/सिन्ह्वा 

- See more at: http://puleso.com/news/%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%95-%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%9c-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a5%80-%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%96%e0%a4%b8/#sthash.OBnHlo1S.dpuf

किभ, ३१ जेठ । पूर्वीयुक्रेनमा शनिबार सैनिकको मालवाहक विमान गोली हानी खसालिएको छ । सो विमानमा रहेका कम्तीमा पनि ५० जना सैनिक मारिएको बताइएको छ ।

शनिबार बिहानै सो विमानमा गोली हानी खसालिएको बताइएको छ । सो कुराको पुष्टि युक्रेनको रक्षा मन्त्रालयले गरेको छ । सो मन्त्रालयको वेबसाइटमा राखिएको विज्ञप्तिमा विद्रोहीले गोली हानेर सो जहाज खसालेको बताइएको छ ।

सो घटनामा परी भएको क्षतिबारे भने सो विज्ञप्तिमा खुलाइएको छैन । सो जहाजमा के–कति नागरिक थिए भन्ने केही खुलाइएको थिएन ।

तर, युक्रेनको सैनिकले सो सो समाचारको पुष्टि गरेको छ । सैनिकले दिएको जानकारीअनुसार सो जहाजमा रहेका ५० जना सैनिक पनि मारिएका छन् ।

सैनिक जहाजले सैनिक सामानका साथै अन्य उपकरणको ढुवानी गरिरहेको थियो । त्यहाँ रहेका पृथकतावादीले सो विमानमा गोली हानी खसालेको समाचारमा जनाइएको छ ।

युक्रेनको पूर्वीसहरमा लामो समयदेखि पृथकतावादीले आन्दोलन जारी राखेका छन् । उनीहरूले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गरी रसियमा विलय हुन पाउनुपर्ने माग गर्दै आएका छन् ।

तर, युक्रेनले भने त्यसको विरोध गरिरहेको छ । सो क्षेत्रमा जारी विद्रोहका क्रममा कैयौँ नागरिकको ज्यान गएको छ । राससरसिन्ह्वा


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: