यौन हिंसा अन्त्यका लागि विश्व सम्मेलन यौनहिंसा रोक्न विश्व नेताहरु एकसाथ

लन्डन , जेष्ठ ३१ ( लन्डन बरो अफ न्यूहाममा अवस्थित विशाल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र । एक्जिविशन सेन्टर लन्डन अर्थात ९एक्सेल० ले समेत चिनिने उक्त स्थानमा जी ट्वान्टी लन्डन समिट देखि लन्डन बोट शो अनि समर ओलम्पिक्स् २०१२ का केही इभेन्ट्स भइसके । ब्रिटिश इन्टरनेशनल मोटर शो अनि वर्ल्ड ट्राभल मार्केट पनि यहीं भए । गायनमा नयाँ प्रतिभा खोजी गर्ने ब्रिटेनको लोकप्रिय टेलिभिजन संगीत प्रतियोगिता ुएक्स् फ्याक्टरु को रोजाइ पनि यही केन्द्र थियो । खेलकुद, अवार्ड वितरण समारोह जस्ता रमझम भइरहने एक्सेल यो साता भने भिन्न कार्यक्रमले खचाखच रह्यो ।

हलिउड नायिका एन्जेलिना जोलीसहित एकसय ४० भन्दा बढि राष्ट्रका सरकार प्रमुख, मन्त्री, गैर सरकारी संस्थाका प्रतिनिधि, नागरिक समाज, विशेषज्ञहरु यौन हिंसा अन्त्य गर्न एकै ठाउंमा जुटिरहेका थिए । १० देखि १३ जुनसम्म आयोजित ुयुद्धमा यौन हिंसा अन्त्यु का लागि चार दिने विश्व सम्मेलनबेलायती विदेशमन्त्री विलियम हेग र संयुक्त राष्ट्रसंघकी विशेष दूत एवं हलिउड नायिका एन्जेलिना जोलीले आयोजना गरेका हुन् । यौन हिंसा अन्त्य गर्ने अभियानमा जुटिरहेकी नायिका जोली सम्मेलनको आकर्षण बनिन् ।  

सम्मेलनले पहिलोपटक ुनयाँु अन्तर्राष्ट्रिय प्रोटोकल घोषणा गरेको छ, जसले यौन हिंसाको अनुसन्धान तथा अभिलेखीकरण गरि पीडकहरुलाई कानुनी दायरामा ल्याउन सरकार तथा अन्तर्राष्ट्रिय न्याय प्रणालीलाई उत्प्रेरित गर्नेछ । युद्धमा यौन हिंसा जस्तो अपराधमाफितलो अनुसन्धान र अन्त्यमा छुट्कारा दिइनेपरम्परा विरुद्ध उभिनेछ प्रोटोकल । ुप्रोटोकलले सरकारहरुलाई युद्धमा यौनहिंसाविरुद्ध जुध्नेबारे अनभिज्ञता व्यक्त गर्न दिने छैन्ु, जोलीले सम्मेलनका बेला भनेकी छन्, ुबलात्कार द्वन्द्वको एउटा अभिन्न हिस्सा हो भन्ने जुन मान्यता छ, यो केवल निर्दोष नागरिकहरुमाथि लक्षित युद्धको हतियार हो, यसलाई अब तोड्नै पर्छ ।ु

हलिउड नायिका जोली र बेलायती विदेशमन्त्री हेगले विभिन्न मुलुकका सरकारलाई प्रोटोकल कार्यान्वयन गराउन अपिल गरेका छन् । उनीहरुकै शव्दमा यो यौन हिंसा अन्त्यको ुप्रारम्भिक लडाईुं हो । यूनिसेफको तथ्यांकमा विश्वमा वर्षेनी एकसय ५० मिलियन युवती र ७३ मिलियन युवा यौनहिंसाको शिकार हुन्छन् । युद्ध प्रभावित देशमा अवस्था झन् कारुणिक छ ।

उक्त सम्मेलनमा भाग लिन नेपालबाट आएका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मेलनले यौनहिंसाका दोषीलाई छुट्कारा दिने प्रवृत्तिको अन्त्य, शान्ति मिसनमा खटिने सैनिकहरुलाई युद्धमा यौनहिंसाबारे बुझ्न मात्र होइन नियन्त्रणमा समेत सक्षम तुल्याउन, बलात्कारलाई एउटा अभिन्न अंग मान्ने सामाजिक दृष्टिकोण परिवर्तन गर्न र पीडितलाई सहायता गर्न सहभागी देशका प्रमुख एवं प्रतिनिधिहरुलाई अपिल गरेको जनाए । सम्मेलनले महिला सशक्तिकरण र उनीहरुलाई सवल बनाउन पनि जोड दिएको छ ।

मन्त्री पाण्डेले बिहीबार करिब ७५ मुलुकका सरकार प्रमुख एवं मन्त्री सम्मिलित मन्त्रीस्तरीय सत्रमा नेपालमा महिला सशक्तिकरणका पक्ष उजागर गर्दै महिलालाई स्थानीय निकाय र संविधानसभामा तीस प्रतिशतस्थान दिइएको, आरक्षणको व्यवस्था, निजामति सेवामा महिला सहभागिता, समानताको हक अधिकार र सम्मानजनक व्यवहार गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार कटिवद्ध रहेको धारणा राखेका थिए ।

ुनेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको संकल्प १३२५ र १८२० कार्यान्वयनका लागि एक्सन प्लान ल्याएको अवगत गराएँु, पाण्डेले कान्तिपुरसंग भने, ुनेपाली महिलाको नीति निर्माण तहमा पहुँच क्रमशः बढ्दै गएको र उनीहरु आफ्ना अधिकारबारे चनाखो भएको समेत उल्लेख गरें ।ु आर्थिक कारोबारको जिम्मा र सम्पत्तिमाथिको अधिकारमा पनि नेपाली महिला अग्रसर भएको पाण्डेले अवगत गराएका थिए ।

प्रकाशित मितिस् २०७१ जेष्ठ ३१ ०४स्१८


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: