उपनिर्वाचनको तयारी पूरा यस्ता छन् उम्मेदवार

काठमाडौ, जेष्ठ ३१ ( उपनिर्वाचन आउन जम्मा ८ दिनमात्र बाँकी छ । संविधानसभामा रिक्त चार सदस्यका निम्ति चुनावी मैदानमा राजनीतिक दल र स्वतन्त्र गरी ७६ उम्मेदवारले आ(आफ्नो ढंगले प्रचार अभियान चलाइरहेका छन् । तर चुनावमा उत्साही माहोल भने देखिँदैन । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ुयो देशव्यापी चुनाव नभएका कारण उपनिर्वाचनको सुवास सबैतिर नचलेको हुन सक्छ ।ु

मंसिर ४ को निर्वाचनमा दुईरदुई स्थानबाट विजयी कांग्रेस र एमालेका शीर्ष नेताहरूले राजीनामा दिएपछि रिक्त भएका काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा उपनिर्वाचन हुन लागेको हो । ती क्षेत्रमा ९ महिला र ६७ पुरुष उम्मेदवारमध्ये १६ स्वतन्त्र छन् । प्रमुख आयुक्त उप्रेतीका अनुसार चार क्षेत्रका १३७ मतदान स्थलका ३२४ मतदान केन्द्रमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । मंसिर ४ को निर्वाचनमा पनि आयोगले विद्युतीय यन्त्र प्रयोग गर्न चाहे पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिने दलको संख्या अत्यधिक भएका कारण सम्भव भएको थिएन ।

चार निर्वाचन क्षेत्रका प्रत्येक मतदान केन्द्रमा एक नियन्त्रण इकाई ९सीयू एकरएक वटा० र उम्मेदवारको संख्याको आधारमा एकभन्दा बढी ब्यालेट युनिट ९बीयू० प्रयोग हुने उप्रेतीले बताए । काठमाडौंमा ३९ मतदान स्थल र ९० मतदान केन्द्र, चितवनमा ३१ मतदान स्थल र ८१मतदान केन्द्र, बर्दियामा ३७ मतदान स्थल र ७८ मतदान केन्द्र साथै कैलालीमा ३० मतदान स्थल र ७५ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा मतदान अधिकृत सहित करिब ३ हजार ५६४ जना खटाउने आयोगको तयारी छ । विद्युतीय यन्त्रसहितका निर्वाचन सामग्री सम्बन्धित क्षेत्रको सदरमुकाममा पुगिसकेको र मतदान अधिकृत, सहायक मतदान अधिकृतका लागि तालिम जारी रहेको उप्रेतीले बताए ।

निर्वाचन आयोगका अनुसार चार क्षेत्रका कुल मतदाता संख्या २ लाख ५ हजार ३०४ छ । त्यसमध्ये १ लाख २८ हजार ८८७ पुरुष १ लाख २२ हजार ४११ महिला र ६ जना तेस्रोलिंगी छन् । मंसिर ४ को निर्वाचनमा झन्डै ८० प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरे पनि प्रत्यक्षतर्फ तीन प्रतिशतभन्दा बढी र समानुपातिक तर्फ ४ प्रतिशतभन्दा बढी मत रद्द भएको थियो । विद्युतीय यन्त्रबाट मतदान गर्दा मत बदरको सम्भावना हुँदैन । निर्वाचन आयोगले परिमार्जित आचारसंहिता समेत लागू गरेको छ ।

यस्ता छन् उम्मेदवार

काठमाडौं( गत मंसिर ४ मा भएको निवरचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी काठमाडौैं २ मा एमालेका कृष्णगोपाल श्रेष्ठ, कांग्रेसका दीपक कुइँकेल र एमाओवादीका लीलामणि पोखरेल प्रतिस्पर्धामा छन् ।

एमाले उपत्यका समन्वय कमिटीका संयोजक श्रेष्ठ यसअघि काठमाडौं ९ बाट पराजित थिए । कांग्रेसका क्षेत्रीय नेता कुइँकेल २०६४ को निर्वाचनमा यसै क्षेत्रमा तेस्रो भएका थिए भने एमाओवादी पोलिटब्युरो सदस्य पोखरेल गत मंसिर ४ को निर्वाचनमा यसै क्षेत्रमा तेस्रो भएका थिए ।

प्रधानमन्त्री सुशील कोइरालाले छोडेको चितवन ४ मा कांग्रेसका पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे, एमालेबाट पार्वती रावल, एमाओवादीबाट

खुसीराम पाख्रिनसहित ११ उम्मेदवार मैदानमा छन् । पूर्वशिक्षक घिमिरे र कलाकार पाख्रिन दुवै नयाँ अनुहार हुन् भने युवा नेतृ रावल तेस्रोपटक उम्मेदवार बनेकी हुन् ।

उपप्रधानमन्त्री वामदेव गौतमले छोडेको बर्दिया १ मा एमालेका उम्मेदवार श्यामप्रसाद ढकाल, कांग्रेसका सोदे विष्ट र एमाओवादीका भवनकुमार थारू प्रतिस्पर्धामा छन् । एमालेका ढकाल र कांग्रेसका विष्ट नयाँ अनुहार हुन् । थारू गत मंसिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नेता वामदेव गौतमसँग पराजित भएका थिए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले छोडेको कैलाली ६ मा कांग्रेसका पुष्करनाथ ओझा, एमालेका महेश्वर पाठक र एमाओवादीका सुन्दर रेग्मीसहितका उम्मेदवार प्रतिस्पर्धामा छन् । पाठक र ओझा दुवैले एकरएकपटक कैलालीबाट प्रतिनिधित्व गरिसकेका छन् ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: