जाति वा समुहको लागि मात्रै नभै सबैको आधारभूत आवश्यकता सम्बोधन गर्न सुकीको

काठमाण्डौ । नेपाल भ्रमणमा रहनु भएका म्यानमारका लोकतन्त्रवादी नेतृ आङसाङ सुकीले आज संसदको बैठकलाई सम्बोधन गर्नु भएको छ । संसदमा सम्बोधन गर्दै सुकीले नेपालमा राजनीतिक परिवर्तनबाट धेरै उपलब्धि भए पनि त्यसलाई संस्थागत गर्न दलहरुले अझै मिहिनेत गर्नु पर्ने बताउनुभयो । उहाँले संविधान बनाएपछि मात्रै नेपालले राजनीतिक स्थीरता पाउन सक्ने बताउनु भयो । बिहान राजधानीमा भएको कार्यक्रममा सुकीले सामाजिक लोकतन्त्रमा कुनै एक विशेष जाति वा समूहको लागि मात्रै नभएर सबैको आधारभूत आवश्यकता सम्बोधन गर्नेतर्फ सोच्नु पर्नेे बताउनु भएको छ । बीपी स्मृति प्रतिष्ठानले गरेको अन्तराष्ट्रिय सम्मेलनमा सुकीले जाती वर्ग भन्दा पनि मानवतावादलाई जोडदिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री सुशील कोइरला, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शेरबहादुर देउवालगायत सहभागि कार्यक्रममा सुकीले एक दिनमै ७ जना पूर्वप्रधानमन्त्रीलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । विश्वभर स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनको सङ्घर्षको पर्याय बन्नु भएका नेतृ सुकीले म्यान्मारको स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनका क्रममा २१ वर्ष बन्दी जीवन बिताउनुभएको थियो । सन् १९८९ जुलाईदेखि बन्दी जीवन बिताउनु भएका उहाँ सन् २०१० को नोभेम्बर १३ मा मुक्त हुनुभएको थियो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: