अछाममा वर्षनी एसएलसीको नतिजा खस्किदै

अछाम/अछाममा  एसएलसीमा १० दशमलव ७९ प्रतिशत विद्यार्थी उर्तिण भएका छन् । गत वर्षको भन्दा यस वर्ष १ दशमलव ४५ प्रतिशतले नतिजा घटेको छ । गएको वर्ष अछाममा  एसएलसीमा १२ दशमलव २४ प्रतिशत विद्यार्थी उर्तीण भएका थिए । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रवार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा नियमिततर्फ ४ सय ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन । परीक्षामा नियमिततर्फ ४ हजार ४ सय ११ जना सहभागि भएका थिए । जसमा ४ सय ७६ जना विद्यार्थी उतिर्ण भएका छन । नियमिततर्फ २ जना  विशिष्ट श्रेणीमा उर्तीण भएका छन । यस्तै ८४ जना विद्यार्थी प्रथम श्रेणी, ३ सय ६२ जना द्धितीय श्रेणी र तृतीय श्रेणीमा २८ जना उर्तीण भएको जिल्ला शिक्षा अधिकारी जवाहरलाल हामलले बताउनुभयो । यसैगरी एक्जाम्टेडतर्र्फ १ सय ६७ जना विद्यार्थी उर्तीण भएका छन जुन ५ दशमलव ६८ प्रतिशत हो । परिक्षामा उर्तीण भएका मध्ये ३ जना प्रथम श्रेणी, १ सय ४० जना द्धितीय श्रेणी र २४ जना तृतीय श्रेणीमा उर्तीण भएका छन् । एक्जाम्टेडतर्फ २ हजार ९ सय ४२ जना जनाले सहभागि जनाएका थिए ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: