राष्ट्रपति पदका लागि आज अफगानिस्तानमा मतदान हुँदै

राष्ट्रपति पदका लागि आज अफगानिस्तानमा मतदान हुँदैछ । लाखौँ मतदाता राष्ट्रपति पदको निर्वाचनको दोस्रो चरणको मतदानमा भाग लिँदैछन् । सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । काबुल तथा ठूला नगरमा सुरक्षा निकायका कर्मचारीहरूलाई तालिवानको सम्भावित आक्रमण हुननदिन उच्च सतर्क अवस्थामा राखिएको छ । सरकारले राजधानी काबुलमा प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई निरीक्षण गर्न सबै सडक तथा संवेदनशील क्षेत्रमा प्रहरी तथा सैनिक तैनाथ गरेको छ । सुरक्षा नियकायले नगरमा गस्ती बढाएका छन् भने शङ्का लागेका गाडी तथा यात्रुको निरीक्षण गरिएको छ ।     गएको २४ घण्टामा सुरक्षा बलहरूले २९ सशस्त्र विद्रोही मारेको जानकारी गृह मन्त्रालयले दिएको छ । राष्ट्रपतिका लागि पूर्व परराष्ट्रमन्त्री र पुर्व अर्थमन्त्री प्रतिस्पर्धामा छन् ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: