गएराति र आज बिहान भएका खेलमा क्यामरुन, चली र नेदरल्याण्ड विजयी

गएराति र आज बिहान भएको विश्वकप फुटवलमा खेलमा क्यामरुन, चली र नेदरल्याण्ड विजयी भएका छन् । चीलीले विश्वकप २०१४ मा विजयी सुरुआत गरेको छ । डिफेन्डिङ च्याम्पियन स्पेन भने नेदरल्याण्ड्सँग पराजित भएको छ । आज बिहान भएको खेलमा विश्व विजेता स्पेन विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएको हो । चार बर्षमा फाइनलमा नेदरल्याण्डसलाई हराउँदै उपाधि जितेको स्पेन त्यही नेदरल्याण्ड्सँग ५–१ को फराकिलो अन्तरले पराजित भयो । जितसँगै नेदरल्याण्ड्सले चार बर्षअघिको फाईनलमा हारेको बदला पनि लिएको छ । त्यस्तै चिलीले अष्ट्रेलियालाई ३–१ ले हराएको छ । साल्भाडोरमा बासिर्लोनाका फरवार्ड एलेक्सि सान्चेजले १२ औं मिनेटमा गोल गर्दै चिलीलाई अग्रता दिलाउनुभयो । समूह ‘बी’मा नेदरल्यान्ड र चिलीको समान ३–३ अंक छ । गएराती भएको खेलमा मेक्सिकाले क्यामरुनलाई १–० ले पराजीत गरेको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: