जिविका नै तरकारी खेति

img1

डौड । पाच सदस्य घरपरिवार भएका जुले भुलको आम्दानीको स्रोत तरकारी खेति वनेको छ । आफ्नो १.५ रोपनी जग्जामा मात्र तरकारी खेति लगाई छोरा छोरालाई कापीकलम लुगाकपड किन्न र घरपरीवार लाई खान खर्च चलाउन तरकारी खेतिको आम्दानीवाट धानेको छ ।

डौड गाविस वडा नं १ भुलवाडा गाउ वस्ने  ४७ वर्षिय कृषक  जुले  मौषमी तथा वेमौषमी तरकारी  खेती वाट वाषर््िाक ४० हजार रुपँया कमाई  गुेका छन । उहा यस भन्दा पहिले सामन्य कहिले काही मात्र  करेशा वारी लगाउथ्ये भने  मजदुरी काम गरी  जिविको पार्जन गरेर काम गरेका हुन्थ्ये भने अहिले तरकारी खेती वाट जिविको पार्जन गरेको छ । अहिले मजदरी काम  छोडी तरकारी खेतिमात्र गर्न लागे का छन  ।
जुले भुल ग्रामीण विकास केन्द्र नेपाल डोटीद्धारा आयोजना गरिएको मौसमी तथा वेमौषमी तरकारी खेती तालिममा सहभागी भएपछि कृषि पेशा प्रति आकर्षित भएका हुन । उहा  तरकारी मा लाग्ने रोगकीरा तथा आधुनिक तरकार िप्रती जिज्ञासु  हन्छन । 
ग्रामीण विकास केन्द्र नेपाल र युनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित एकिकृत दीगोजिविकोपार्जनका  कार्यक्रम वाट उनलाई विउ विजनकृषि जन्य  सामान  सहयोग गरिएको    थियो  । 
संस्था वाट संचालीत विभिन्न तालीम मा सहभागी हुने गरेका छन,  पहिला  प्राविधिक ज्ञान नभएका कारण सामान्य रुपमा पनि करेशावारी  मात्र गर्ने  जुले भुल  अहिले गाविस भरी नै अगुवा कृषकको रुपमा  परिचीत छन ।  उहा अहिले आफ्नो पुरा जिवन  तरकारी मय वनाएका छन ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: