सफलताले थप जिम्मेवार बनायो

img1

कञ्चनपुर, जेष्ठ ३१ ( सुदूरपश्चिममा प्रायः महिला खेलाडी पाउन निकै गाह्रो हुन्छ । त्यसमा पनि कराँते र जुडो जस्ता व्यक्तिगत स्पर्धाका खेलमा खेलाडी पाउन त अझ मुस्किल । कराँते र जुडोका खेलाडी त अहिले पनि गाउँ(गाउँ डुलेर खोज्नुपर्ने अवस्था छ ।

तर तिनै १र२ जना खेलाडीमध्ये अगाडि बढेकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी जुडो खेलाडी सुनीता बोहरा नेपालकै उत्कृष्ट खेलाडीको अवार्ड पाउन सफल भइन् । नेपाल खेलकुद पत्रकार मञ्चले केही साताअघि प्रदान गरेको पल्सर स्पोर्ट्स अवार्ड प्राप्त गर्ने उनी सुदूरपश्चिमकी पहिलो महिला खेलाडी भइन् । यतिबेला उनको घरमा मात्रै नभई गाउँ टोलमा समेत निकै खुसियाली छाएको छ । ुउत्कृष्ट खेलाडी बनेर पल्सर स्पोर्ट्स अवार्ड पाउँला भनेर कहिल्यै सोचेकी थिइनँ,ु उनले भनिन्, ुयसले मलाई मात्र होइन, घरपरिवारलाई समेत खुसी र हौसला प्रदान गरेको छ ।ु

चैत अन्तिम साता काठमाडौंमा सम्पन्न सातौं साउथ एसियन अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्णपदक जितेर सुनीता सबैका मनमा बस्न र चर्चित हुन सफल भएकी हुन् । उनी त्यसको दुई महिनाभित्रै नेपालको खेलकुद क्षेत्रको ठूलो अवार्ड मानिने पल्सर स्पोर्ट्स अवार्ड प्राप्त गर्न सफल भइन् । ुयसरी एकपछि अर्को गर्दै सफलता पाइएला भनेर मैले कहिल्यै चिताएकी थिइनँ,ु उनले भनिन्, ुपल्सर स्पोर्ट्स अवार्डले मलाई जुडोप्रतिको लगाव बढाउँदै खेलमा समर्पित हुने प्रेरणा मिलेको छ ।ु

खेलकुद पत्रकार मञ्चले बर्सेनि प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र जुडोकी सुनीता उत्कृष्ट खेलाडी छनोट भएका हुन् । लोकप्रिय अवार्ड सुदूरपश्चिमकै भलिबल खेलाडी कैलालीकी सरस्वती चौधरीले पाइन् । पल्सर स्पोर्ट्स अवार्ड घोषणा हुनुभन्दा एक साताअघि आयोजकले काठमाडौं बोलाए पनि उत्कृष्ट खेलाडी छनोट भएको घोषणाकै बखत जानकारी पाएको सुनीताले बताइन् । ुउत्कृष्ट ५ महिला खेलाडीभित्र परेकी छु भन्ने थाहा थियो,ु उनले भनिन्, ुतर जतिबेला पारस खड्कासँगै उत्कृष्ट खेलाडीका रूपमा मेरो नाम घोषणा भयो तब मात्र थाहा पाएँ ।ु उनले अवार्ड पाएपछि घरपरिवारदेखि सबैमा खेलकुदबाट केही पाइने रहेछ भन्ने लागेको बताइन् ।

सातौं साउथ एसियन अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सुनीताले आफ्नो ७८ किलोग्रामभन्दा माथिको तौल समूहमा श्रीलंकाकी खेलाडीलाई पराजित गर्दै नेपालका लागि एक मात्र स्वर्णपदक जितेकी थिइन् । उक्त प्रतियोगितामा नेपालले १ स्वर्णसँगै ९ रजत र ६ कांस्यपदक प्राप्त गरेको थियो । प्रतियोगितामा नेपालका तर्फबाट पुरुष र महिला गरी १६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

कक्षा ४ मा पढ्दादेखि नै कराँते खेल्न थालेकी सुनीता २०६५ को पाँचौं राष्ट्रिय खेलकुदमा छनोट नभएपछि जुडोतिर लागेकी हुन् । कराँते खेल्दा उनलाई जुडो खेलेको देखेर निकै डर लाग्दथ्यो । तर अहिले त्यही डर लाग्ने खेलले एकपछि अर्को सफलता दिन थालेपछि उनी जुडोप्रति नै समर्पित हुन थालेकी छन् । ुआज(भोलि त जुडो नखेलेको दिन नै हुँदैन,ु उनले भनिन्, ुघरमा पनि एक्लै त्यसकै तयारीमा जुटिरहन्छु ।ु उनले जुडोका राष्ट्रिय प्रतियोगितामा हालसम्म विभिन्न समयमा गरी ५ स्वर्ण जितिसकेकी छन् । २०६६ मा भारतको जयपुरमा भएको राजीव गान्धी अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा उनी तेस्रो भएकी थिइन् ।

आउँदो सेप्टेम्बरमा कोरियामा हुने साउथ एसियन प्रतियोगिताको तयारीमा रहेको उनले बताइन् । ुत्यसमा कम्तीमा पनि एउटा स्वर्ण जित्ने मेरो लक्ष्य हुनेछ,ु उनले भनिन्, ुकेही दिनमा काठमाडौं गएर प्रशिक्षणमा सहभागी हुन्छु ।ु उनले अहिले घरबाट पनि जुडोतर्फ ध्यान दिएर लाग्न सुझाव पाइरहेको बताइन् । ुकाठमाडौंमा कोठा भाडा लिएर अझ राम्ररी सिक भनिरहेका छन्ु आमा(बुवाले खेलकुदप्रति लाग्न गरिरहेको सुझावबारे जानकारी दिंदै उनले भनिन् ।

सामान्य परिवारमा जन्मेकी उनलाई खेलकुदका लागि घरबाट पनि निकै सहयोग मिलिरहेको छ । गाउँमा कराँतेका अग्रज खेलाडी भएकाले नै घरपरिवारबाट सहयोग मिलिरहेको उनी बताउँछिन् । परिवारमा खेलकुद क्षेत्रमा लागेका कोही नभए पनि सबैको सहयोग पाएको उनी बताउँछिन् ।

अहिलेसम्म कुनै खेल पनि नेखेलेका उनका भाइ पवन पनि दिदीको सफलता देखेपछि खेलकुदतिर आकषिर्त हुन थालेका छन् । ुभाइले अहिलेसम्म कुनै गेम खेलेको छैन,ु सुनीताले भनिन्, ुअब एथलेटिक्स खेलेर दिदीजस्तै बन्छु भन्छ ।ु

Sweety Shiwakoti
2014-06-16
this is a test from developers

आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: