एचआईभी र क्षयरोगको सह–संक्रमणको जानकारी सम्वन्धि तालिम

डोटी, अषाढ १। डोटी जिल्लाका बिभिन्न क्षेत्र संग सम्बद्ध २ सय भन्दा बढी ब्यक्तिहरुकालाई एचआईभी र क्षयरोगको सह–संक्रमणको बारेमा जानकारी मुलक तालिममा सहभागी गराईएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र ग्लोवल फण्डको आर्थिक सहयोगमा नयां गोरेटो नामक गैरसकारी संस्थाले उक्त जानकारी मुलक अभियान सम्पन्न गरेको हो । क्षयरोग र एचआईभी सह– संक्रमणको बारेमा जिल्लाका बिभिन्न स्थानमा तालिम कार्यक्रम संचालन गरिएको बताइएको छ नयां गोरेटो ललितपुरकी राष्ट्रिय कार्यक्रम अधिकृत मनिता पाण्डेका अनुसार डोटीका बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी, गाबिसका पदाधिकारीहरु, स्वास्थ्यकर्मीहरु, एचआईभी संक्रमित ब्यक्तिहरु र बिभिन्न गैरसरकारी संस्था संग आबद्ध ब्यक्तिहरुलाई तालिममा सहभागी गराईएको थियो । तालिममा सहभागीहरु मध्ये ४२ जना शिक्षक १ सय भन्दा बढी बिद्यार्थी, १५ जना गाबिस पदाधिकारीहरु र गाबिस स्तरका स्वास्थ्य संस्थाका कर्मचारीहरु १७ जना बिभिन्न गैरसकारी संस्था संग आवद्ध ब्यक्तिहरु र २० जना एचआईभी संक्रमित ब्यक्तिहरु लगायत रहेको बताईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय डोटी, जिल्ला शिक्षा कार्यालय डोटी स्थानिय गैरसरकारी संस्था सामुदायिक बिकास मञ्च नेपाल डोटी लगायतका सरकारी तथा गैरसकारी संस्था संगको समन्वयमा सम्पन्न गरिएको कार्यक्रम प्रभावकारी भएको तालिमका सहभागीहरुले वताएका थिए । बिद्यालय स्तरमा स्वास्थ्य र जनसंख्या बिषय पढाउने शिक्षकलाई बढी सहभागी गराईएको थियो । निमित्त जिल्ला शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार शिक्षकहरुलाई एचआईभी र क्षयरोग सहसंक्रमण सम्बन्धी तालिमले थप ज्ञान र क्षमता बढेको छ ।
 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: