एसएलसी फेल भएपछि आत्महत्या गर्नेको संख्या पाँच पुग्यो

काठमाडौं, ३१ जेठ । प्रवेशिका परीक्षामा फेल भएकै कारण विद्यार्थीले आत्महत्या गर्ने क्रम यस वर्ष पनि रोकिएन । यो समाचार तयार पारिँदासम्म पाँच छात्राले आत्महत्या गरिसकेका छन् । असफलताको सीमालाई रोक्न नसकेकै कारण विद्यार्थीले आत्महत्या गर्ने गरेको मनोवैज्ञानिकहरूको ठम्याइ छ । मनोवैज्ञानिकहरूका अनुसार परीक्षामा असफल भएपछि विद्यार्थी मनोवैज्ञानिक रूपमा कमजोर हुन्छ र आफन्त तथा साथीहरूको चुनौतीलाई सामना गर्न आत्महत्याको बाटोमा पुग्छन् ।

बागलुङ ग्वालीचौर ८ की १६ वर्षीया बसन्ती घिमिरे परीक्षामा असफल भएलगत्तै शुक्रबार राती आत्महत्या गरिन् ।

फेल भएको जनाकारी पाएपछि नुवाकोट जीलिङ ९ की संगीना दाहालले घरदेखि एक सय मिटर टाढा पुगेर नोभान नामक विषादी खाएर आत्महत्या गरेकी मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी जवान रूपसिंह चौधरीले जानकारी दिए ।

त्यस्तै रुकुमकोट ६ की १५ वर्षीया रक्षा श्रेष्ठ र खलङ्गा ८ रातामाटाकी १५ वर्षीया गंगा थापा, बाँके नौवस्ता ८ की १८ वर्षीया हरिसा बस्नेतले पनि आत्महत्या गरेका छन् ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: