पाँच हजारको ब्याज तिर्न ६० वर्षदेखि हलो जोत्दै

डडेल्धुरा, १ असार । देवलदिव्यपुर गाविस–८ बुडाकोटका ६० वर्षीय लाल लुहारका बुबाले गाउँका साहुबाट पाँच हजार रुपियाँ ऋण लिएका थिए । बाबुको मृत्यु भइसकेको छ । तर, बुबाले लिएको ऋणको ब्याजवापत लुहारले अझै पनि साहुको खेत जोत्दै आएका छन् । 

बाबु काशी लुहारले घरखर्च चलाउन गाउँका गंगाराम पन्तबाट पैसा लिएका थिए । पैसाको ब्याजस्वरूप काशीले ३० वर्षसम्म हलिया भएर पन्तको खेत जोते । काशिको मृत्युपछि छोरा लाल लुहारले पन्तको खेत जोत्दै आएका छन् । 

साहुको सबै खेतबारी जोतेबापत् वर्षमा १२ नाङ्लो धान पाउने गरेको लुहारले बताए । ‘वर्षभरिको कामवापत मालिकले दिने खलोले परिवारको पेट दुई महिनाका लागि पाल्न समेत पुग्दैन,’ उनले भने । बाबुले लिएको ऋण तिर्न नसक्दा विगत ३० वर्षयता आफूले साहुको हलो जोत्दै आएको दुःखेसो उनले पोखे । 

छ जनाको घर परिवार पाल्दै आएका ६० वर्षीय लुहारले गुजारा चलाउन दिनभरि मालिकको हलो जोतेर साँझविहान आरनको काम गर्ने गरेका छन् । एउटा हँसियामा पाइन् लगाएवापत उनले २० रुपियाँ लिने गरेका छन् । 

सरकारले हलिया मुक्ति घोषणा गरेको सुने पनि कुनै निकायले पहल नगरिदिँदा आफू मुक्त हुन नसकेको उनले बताए  । ‘मुक्त हलियाको परिचयपत्र मैले पाएको छैन’ उनले भने । हलिया जीवनबाट कसरी मुक्त हुने भन्नेबारे आफूलाई कुनै जानकारी नभएको पनि उनको भनाई छ ।

- See more at: http://puleso.com/news/%E0%A4%AA%E0%A4%BE%E0%A4%81%E0%A4%9A-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%9C-%E0%A4%A4%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A8-%E0%A5%AC/#sthash.xh5dDfZq.dpuf

डडेल्धुरा, १ असार । देवलदिव्यपुर गाविस–८ बुडाकोटका ६० वर्षीय लाल लुहारका बुबाले गाउँका साहुबाट पाँच हजार रुपियाँ ऋण लिएका थिए । बाबुको मृत्यु भइसकेको छ । तर, बुबाले लिएको ऋणको ब्याजवापत लुहारले अझै पनि साहुको खेत जोत्दै आएका छन् ।

बाबु काशी लुहारले घरखर्च चलाउन गाउँका गंगाराम पन्तबाट पैसा लिएका थिए । पैसाको ब्याजस्वरूप काशीले ३० वर्षसम्म हलिया भएर पन्तको खेत जोते । काशिको मृत्युपछि छोरा लाल लुहारले पन्तको खेत जोत्दै आएका छन् ।

साहुको सबै खेतबारी जोतेबापत् वर्षमा १२ नाङ्लो धान पाउने गरेको लुहारले बताए । ‘वर्षभरिको कामवापत मालिकले दिने खलोले परिवारको पेट दुई महिनाका लागि पाल्न समेत पुग्दैन,’ उनले भने । बाबुले लिएको ऋण तिर्न नसक्दा विगत ३० वर्षयता आफूले साहुको हलो जोत्दै आएको दुःखेसो उनले पोखे ।

छ जनाको घर परिवार पाल्दै आएका ६० वर्षीय लुहारले गुजारा चलाउन दिनभरि मालिकको हलो जोतेर साँझविहान आरनको काम गर्ने गरेका छन् । एउटा हँसियामा पाइन् लगाएवापत उनले २० रुपियाँ लिने गरेका छन् ।

सरकारले हलिया मुक्ति घोषणा गरेको सुने पनि कुनै निकायले पहल नगरिदिँदा आफू मुक्त हुन नसकेको उनले बताए  । ‘मुक्त हलियाको परिचयपत्र मैले पाएको छैन’ उनले भने । हलिया जीवनबाट कसरी मुक्त हुने भन्नेबारे आफूलाई कुनै जानकारी नभएको पनि उनको भनाई छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: