डोटी जिल्लामा पूर्णखोपयुक्त गाबिस घोषणा अभियान शुरु

असार २ गते डोटी । डोटी जिल्लालाई केहि समययता पूर्ण खोपयुक्त गाबिस घोषणा गर्ने अभियान शुरु भएको छ ।
गाबिस क्षेत्रका सबै बालबालिकाहरुले नियमित खोप पाएको प्रमाणित भएपछि गाबिसलाई पूर्ण खोपयुक्त गाबिस घोषणा गर्न थालिएको  जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
डोटीको दुर्गामाण्डौं गाबिसलाई आज एकभब्य समारोहका बिचमा पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको छ ।
डोटी दुर्गामाण्डौं गाबिसका सचिब जनकबहादुर कठायतको सभापतित्व तथा स्वास्थ्य चौकीका ईन्चार्ज भक्तसिंह बिकको संचालनमा सम्पन्न घोषणा समारोहमा स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस अघि भूमिराजमाण्डौं, मुडेगाउं र डौड गाबिसलाई पनि पूर्ण खोपयुक्त गाबिस घोषणा गरि सकिएको बरिष्ठ जन स्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले बताउनु भयो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: