बर्षाका कारण झण्डै आठ लाखको क्षती

झलक पाली, रेडियो शैलेश्वरी डोटी, असार ४

आज बिहान परेको पानीसँगै आएको भेलका कारण डोटीको राजपुरस्थित शहिद स्मृति आवासिय माध्यामिक विद्यालयमा झण्डै आठ लाखको क्षति पुगेको छ । करिब ७ बजेतिर परेको पानीका कारण आएको भेल एक्कासी छात्रावासको भवनका सबै कोठाहरुमा पानी पसेपछि २० वटा कम्प्युटरका सि.पी.यु.,एक थान फोटो कपी मेसिन, विभिन्न ईलेक्ट्रीक सामानहरुका साथै ३६ जोर बेडविस्तारा, ३० जोर किताब÷कापीमा पानी पसेपछि क्षति पुगेको घटनास्थलमा पुग्नुभएका ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी हवल्दार देव सिं भाटले जानकारी दिनुभयो । भिरालो ठाउँमा स्कुल भएका कारण बेगले बगेको भेल एक्कासी कोठाभित्र पस्दा सामानहरु जोगाउन नसकिएको विद्यालयका प्रिन्सीपल परमानन्द जोशीले बताउनुभयो । यसैबिच पानी परेपछि डोटी लगाएत सुदुरपश्चिमका विभिन्न क्षेत्रका किसानहरु रोपाईँमा व्यस्त भएका छन् । बैशाख जेठ महिनामै रोपाई शुरु हुने क्षेत्रमा पानी नपरेका कारण रोपाईं हुन नसकेकाले पानी परेपछि किसानहरुमा खुशियाली समेत छाएको छ । त्यस्तै किसानको बारीमा सुक्नै लागेका मकै लगाएत अन्य वर्षे तरकारी खेतीका लागि समेत वर्षा शुरु भएपछि ठूलो राहत महशुस भएको स्थानिय किसानहरुले बताएका छन् ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: