डोटीका गाबिस द्धारा सार्वजनिक सुनुवाई शुरु

सिलगढी , असार ४ सेवा ग्राहीका गुनासाहरुलाई सम्वोधन गरी सेवा सुबिधालाई गुणस्तरिय बनाउने उद्देश्यले डोटीका बिभिन्न गाउ बिकास समितीहरुले सार्वजनिक सुनुवाई प्रक्रियाको थालनी गर्न थालेका छन् । डोटीका स्थानिय बिकास अधिकारी शिवकुमार कार्कीका अनुसार जनगुनासो प्रति जवाफदेहि र समुदाय प्रति उत्तरदायित्वको बिकास गर्न सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गरिएको हो । स्थानिय बिकास अधिकारी कार्कीका अनुसार जिल्लाका २५ भन्दा बढी गाबिसले सार्वजनिक सुनुवाई गरिसकेका छन् भने असार मसान्त भित्र अन्य गाबिसहरु पनि गर्ने तयारीमा छन् । साना तिना गुनासाहरु सार्वजनिक सुनुवाई पछि स्थानीय स्तरमा नै समाधान हुने गरेको र जटिल खालका समस्याहरुको उठान भए कार्ययोजना सहित जनसमुदाय समक्ष जवाफ दिने गरेको अनुभव सुनाउदै सार्वजनिक सुनुवाईमा सहजिकरण गर्ने मध्येका एक जना संचारकर्मी शंकर थापाले थप्नु भयो गाबिस कार्यालय प्रदान गर्ने सेवा सुबिधा प्रतिको गुनासो लिएर जिल्ला सदरमुकाम जाने झण्झट धेरै हद सम्म कम भएको पाईएको छ् । सार्बजनिक सुनुवाई कार्यक्रममा गाउं बिकास समितिको कार्यालय ब्यवस्थित नभएको, गाबिस कार्यालयमा शौचालयमा नभएको, खुल्ला दिसामुक्त अभियान प्रभावकारी रुपमा संचालन नभएको, गाबिसमा नागरिक बडापत्र तथा गुनासो पेटिका नभएको, गैरसरकारी निकाय बिचको समन्वय प्रभावकारी नभएको, योजनामा आर्थिक अनियमितता हुने गरेको लगायतका गुनासाहरु आउने गरेका छन् । लडागडा गाबिसका प्राबिधिक लालबहादुर कडायतले भन्नु भयो – मदिरा नियन्त्रण समितीमा जरिवाना बाफत असुल रकम देखि लिएर वाटो निर्माणको रकममा पारदर्शिता नभएको भन्दै स्थानिय बासिन्दाले मलाई अप्ठ्यारोमा पारे प्रत्येक बर्ष सार्वजनिक सुनुवाई हुने भए पछि अहिले देखि नै कार्य कायोजना सहित गाबिसले गर्ने काम कारबाही चुष्त र दुरुष्त बनाउने कार्यमा लागेको छु । गाउ बिकास समितीको न्यूनतम शर्त तथा कार्य सम्पादन मापन कार्य बिधि २०६६ मा समेत न्यूनतम सर्तको आधारमा गाउ बिकास समितीको मुल्यांकन प्रक्रियामा सार्वजनिक सुनुवाई प्रत्येक गाबिसले गरेको हुनु पर्ने मापदण्ड कायम गरेको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: