सेक्टर वन कार्यालय वुडरद्धारा अवैध काठ वरामद

डोटी, ५ असार २०७१
सामुदायिक बन क्षेत्रमा लुकाई छिपाई राखेको ७० गोलिया अबैध काठ सेक्टर बन कार्यालय बुडरको टोलीले आज जनजागृति सामुदायिक बन निरौलीबाट बरामद गरेको छ ।
जनजागृती सामुदायिक बन क्षेत्रमा अबैध काठ कटानी गरि लुकाई राखेको गोप्य सूचनाको आधारमा सहायक बन अधिकृत किशोर धामी सहितको टोलीले सो क्षेत्रबाट साल, असना, सांधन र जामुन जातका ७० गोलिया काठ बरामद गरेको जिल्ला बन कार्यालय डोटीका निमित्त जिल्ला बन अधिकृत दिनेश हुमागाईले जानकारी दिनु भयो ।
अबैध काठ कटानीमा संलग्न ब्यक्तिहरुको बारेमा छानबिन गरि कारवाही गरिने जिल्ला बन कार्यालय डोटीले जनाएको    छ ।
बिगत केहि बर्ष यता ढलापडा रुख काठ कटानीका रोक लगाएपछि सामुदायिक बन उपभोक्ताहरुको मिलेमतोमा काठ तस्करहरुले अबैध रुपमा काठ कटानी र तस्करी गरिरहेको रहस्य खुल्न थालेको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: