प्रकोपका घटनालाई ध्यानमा राखी पूर्व तयारी शुरु

डोटी, असार ४ / जिल्ला दैबी प्रकोप उद्धार समिति डोटीले बर्षातको समयमा हुन सक्ने सम्भावित दैबि प्रकोपका घट्नालाई ध्यानमा राखी तयारी शुरु गरेको छ ।
समितिको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले दैबि प्रकोपका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालालाई तयारीमा रहन निर्देशन दिनुका साथै जिल्ला विपद पूर्ब तयारी तथा प्रतिकार्य योजना २०६९ लाई परिमार्जन सहित अद्याबधिक गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुले आ आफ्नो निकायको कार्ययोजनाबारे जानकारी गराएका थिए । बैठकलाई सम्बोधन गर्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोबिन्दबहादुर कार्कीले राज्यको पहिलो दायित्व दैबि प्रकोपका घट्नामा उद्दार तथा राहत पुनस्र्थापना भएकाले यसमा सबै क्षेत्रको सहभागिता हुनु पर्ने खांचो औल्याउनु भयो ।
मानविय तथा प्राकृतिक कारणबाट दैबि प्रकोपका घट्ना घट्ने गरेका बताउदै प्रमुख जिल्ला अधिकारी कार्कीले दैबि प्रकोपका सम्भावित जोखिमबाट बच्नका लागि पूर्ब तयारीमा रहन समस्त डोटीबासीमा आग्रह गर्नु भयो ।
उक्त अबसरमा २०७० साउन महिना देखि २०७१ जेष्ठ मसान्त सम्म हावा हुरीले ११ वटा बिद्यालयका छाना उडाएकोर १ घरमा क्षती पुगेको, आगलागीबाट २० वटा घरमा क्षती भएको, बर्षातका कारण ८५ घरमा क्षती भएको र चट्यांगबाट १ जनाको मृत्यु भएको र पिडितलाई हाल सम्म ३ लाख ६४ हजार राहत दिईएको जानकारी दिइएको थियो ।
 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: