डोटीको कलेना गाबिस पनि खुल्ला दिसामुक्त

असार ६ गते डोटी । डोटीको कलेना गाउं बिकास समितिलाई आज एक समारोहका बिचमा खुल्ला दिसामुक्त घोषणा गरिएको छ । कलेना गाउं बिकास समिति स्थित तेडि निम्न माध्यमिक बिद्यालयको प्रांगणमा आयोजित एक भब्य समारोहका बिचमा डोटीका स्थानीय बिकास अधिकारी शिबकुमार कार्कीले खुल्ला दिसामुक्त घोषणा गर्नु भएको थियो ।
गाउं बिकास समितिका सचिब चित्राकुमारी ढुंगानाको सभापतित्व तथा लक्ष्मण बिष्ठको संचालनमा सम्पन्न खुल्ला दिसामुक्त घोषणा समारोहमा प्रमुख अतिथी स्थानीय बिकास अधिकारी कार्कीले सरसफाई सम्बन्धि राष्ट्रिय लक्ष्यलाई पुरा गर्न डोटी जिल्लाले सन २०१५ सम्म जिल्ला लाई खुल्ला दिसामुक्त घोषणा गरि सक्ने लक्ष्य लिएको भएपनि सन २०१४ भित्र डोटी जिल्ला लाई खुल्ला दिसामुक्त घोषणा गरि सक्ने गरि तयारी भईरहेको बताउनु भयो । जिल्लाको २५ औं गाबिसका रुपमा कलेना गाउं बिकास समिति खुल्ला दिसामुक्त घोषणा हुन सफल भएकोमा कलेना गाबिसबासीलाई स्थानीय बिकास अधिकारी कार्कीले बधाई समेत दिनु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्ला सदरमुकाम र नगरपालिका संगै जोडएको भएपनि  कलेना गाबिस भौतिक तथा चेतनाको बिकासमा पछि परेकामा चिन्ता ब्यक्त गर्दै अब कलेना गाबिसले हरेक क्षेत्रमा अगाडी बढ्नु पर्ने खांचो औंल्याएका थिए ।
 उक्त कार्यक्रममा नेपाली कांगे्रसका गणेश खड्का, नेकपा(एमाले)का मन्जु मलासी, नेकपा(माओवादी)का बिबेक कुमाल, संघिय समाजबादी पार्टीका श्रीप्रसाद श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जनकराज शर्मा, क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालयका ईन्जिनियर प्रकाश रावल, खानेपानी सरसफाई उपभोक्ता महासंघ डोटीका अध्यक्ष यज्ञराज जोशी लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
उक्त कार्यक्रममा कलाकारहरु भुवनप्रसाद दहाल, सुर्यविरही साउंद, कल्पना बिसि, रमेश मल्ल तथा साहित्यकार डबल भाट लगायतका बिभिन्न कलाकारहरुले आ आफ्नो प्रस्तुती राखेका थिए ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: