नेपाली बालिका तेरियालाई उपाधी

img1

काठमाडौ, असार ७/नेपाली बालिका तेरिया मौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।

५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् ।

दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो । उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।

प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए।  (एजेन्सीको सहयोगमा)

(एजेन्सीको सहयोगमा)


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: