बजेट असार २९ गते आउने

img1

काठमाडौं, २६ असार । सरकारले आगामी आर्थिक वर्षको बजेट यही असार २९ गते व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्बाङले अर्थ मन्त्रालयबाट बजेट प्रस्तुतिबारे प्राप्त पत्र पढेर सुनाउँदै उक्त जानकारी दिएका हुन् । उनले आर्थिक वर्ष २०७१–७२ को राजस्व र व्ययको अनुमान व्यवस्थापिका–संसद्को यही असार २९ गते आइतबार अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिने व्यवस्था मिलाइएको बताए ।

यसअघि, अर्थमन्त्री डा। रामशरण महतले व्यवस्थापिका–संसद्को आजको बैठकमा आर्थिक वर्ष २०७०–७१ को आर्थिक सर्वेक्षण पेस गरेका थिए ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: