विश्वकप फुटबलको अन्तिम सेमिफाइनल जित्दै अर्जेन्टिना फाइनल प्रवेश

समाचार एजेन्सी, असार २६ । विश्वकप फुटबलअन्तर्गत आज बिहान सम्पन्न दोस्रो सेमिफाइनल खेल जित्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । निर्धारित र थपिएको ३० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि पेनाल्टी सुटआउटबाट विजयी टोलीको टुङगो लगाईएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । उपाधिका लागि अर्जेन्टिनाले अब आइतबार २९ गते हिजोको बिजेता जर्मनीसँग भिड्नेछ । तेस्रो स्थानका लागि भने पर्सी शनिबार राती ब्राजिल र नेदरल्याण्ड्सबीच खेल हुने तालिका छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: