लुइजले माफी मागे

समाचार एजेन्सी,असार २६ ( जर्मनीसँग बेहोरेको स्तब्धपूर्ण हारपछि ब्राजिलका निमित्त कप्तान डेविड लुइजले आफ्नो  देश र समर्थकसँग मंगलबार माफी मागेका छन् । ुहामीले आफ्नो  जीवनकै सर्वाधिक खराब खेल खेल्यौं, जर्मनीहरूको त्यसका ठीकविपरीत आफ्नो  जीवनकै राम्रो खेले,ु लुइजले भने । नियमित कप्तान थियागो सिल्भाको अनुपस्थितिमा उनले टिमको नेतृत्व सम्हालेका थिए ।

सिल्भाले एक खेल प्रतिबन्धका कारण खेल्न पाएका थिएनन् । ुसेमिफाइनल अगाडिसम्म सबै राम्रो भइरहेको थियो । टिम पनि बलियो थियो, तर जर्मनीसँग सबै अनपेक्षित रहे,ु लुइजले थपे, म आफ्ना समर्थकलाई खुसी तुल्याउन नसकेकामा दुःखी छु र देश र जनतासँग माफी माग्न चाहन्छु ।ु पीएसजीका डिफेन्डर लुइजकै नेतृत्वमा ब्राजिलले डिफेन्स तयार पारेको थियो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: