गाजा सहरमा हवाई आक्रमण २१ को मृत्यु

गाजा सिटी ९प्यालेस्टाइन०, २६ असार । गाजा सिटीमा बिहीबार  बिहान सबैरै इजरायलले गरेको हवाई आक्रमणमा  २१ व्यक्तिको मृत्यु भएको छ ।

आक्रमणमा पाँच प्यालेस्टिनी बालबालिकासहित २१ को मृत्यु  भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।

गाजा सिटीको दक्षिण सहर खान युनिसमा भएको यस आक्रमण अत्यन्त रक्तपातपूर्ण भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।  

इजरायल उत्तरी गाजाको बेइट लाहियामा इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणमा एक पाँच बर्षाीय बालकको मृत्यु भएको आकस्मिक सेवाका प्रवक्ता आसिफ अले क्युद्राले एएफपी समाचार समितिलाई बताए ।

गत मङ्गलबारबाट सुरु गरेको यस हवाई आक्रमणमा ७२ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
    
यस हवाई आक्रमणमा  कम्तीमा  १५ व्यक्ति घाइते भएको बताइएको छ । ( एएफपी


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: