बर्दियामा नेटवर्किङको नाममा ठगी गर्ने दुईजना पक्राउ

बर्दिया, आषाढ २६ । बर्दियामा नेटवर्किङको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोरहवा गाउँ विकास समिति वडा नम्बर ९ का ४२ वर्षीय रामचन्द्र चौधरी र मैनापोखर ६ का ३८ वर्षीय केशरजंग थारु रहेका छन् ।

भारतको बनारसमा रहेको विनविन ट्रेडमार्क कम्पनीका नाममा ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नेटवर्किङको नाममा पीडित रुपलाल थारुसँग उनीहरुले २ लाख २ हजार ४ सय नेपाली रुपैयाँ भारतको पञ्जाव नेसनल बैंकमा जम्मा गर्न लगाई ठगी गरेका थिए । पीडित रुपलाल थारुकै उजुरीको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

नेपालमा कुनै पनि किसिमको नेटवर्किङ कारोबार गर्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै पनि लुकिछिपी नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेकोले प्रहरीले कारबाही थालेको बर्दिया प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: