आज विश्व जनसंख्या दिवस, युवामा लगानी गरौं भन्ने नारासहित मनाईंदै

काठमाण्डौं, असार २७ । विश्व जनसंख्या दिवस नेपालमा पनि मनाइदैछ । संयुक्त राष्ट्रसघको आह्वानअनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सम्बन्धि संघसंस्थाको पहलमा विभिन्न कार्यक्रम हुँदैछन् । यसवर्ष जनसंख्या दिवसको नारा ‘युवामा लगानी गरौं’ भन्ने राखिएको छ । दिवसका अवसरमा शुभकामना दिनुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देश विकासमा युवा जनशक्तिलाई परिचालन गर्न राज्यले युवाहरुको पहिचान गरी विशेष नीति र कार्ययोजना ल्याउने बताउनु भएको छ । उहाँहरुले हाम्रो जस्तो देशले युवाहरुको लगानी गर्न सके देश विकासमा ठूला टेवा पुग्ने बताउनुभयो । यस्तै मन्त्रालयका सचिव डा प्रविण मिश्र र सहसचिव टोप नारायण शर्माले पनि दिवसको अवसरमा शुभकामना दिनुहुँदै देश विकासमा युवा परिचालनका साथै उनीहरु माथि राज्यले संवेदनशिल भएर लगानी गर्न सके प्रतिफल पाउन सकिने बताउनु भएको छ । विश्वमा १० देखि २४ वर्षलाई युवा मानेको छ । यसअनुसार नेपालमा यो उमेरका करिब ३३ प्रतिशत जनसंख्या रहेको मन्त्रालयले जनाएको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: