डोटीका ७ सय ८७ द्वन्द्व पिडितहरु अझै राहात पाउन बांकी

सिलगढी, असाढ २७ गते । डोटी जिल्लाका द्वन्द्व पिडितहरु मध्ये ७ सय ८७ द्वन्द्व पिडितहरुले अझै राहात पाउन बांकी रहेका छन । जिल्ला बिकास समिति डोटीको सभाकक्षमा आज आयोजना गरिएको स्थानीय  शान्ति समितिको बाषर््िाक समिक्षा कार्यक्रममा दिईएको जानकारी अनुसार स्थानीय शान्ति समितिको रेकर्डमा रहेका कुल १ हजार एक सय ३४ जना द्वन्द्व पिडितहरु मध्य २ सय ९५ जनाले मात्रै राहात पाएका  छन । 
स्थानीय शान्ति समितिका संयोजक अंकबहादुर खड्काको सभापतित्व तथा सदस्य गिता नेपालीको संचालनमा सम्पन्न सो समिक्षा कार्यक्रममा जिल्लामा शान्ति प्रबद्र्धनका कामहरुलाई प्रभावकारी बनाउन र द्वन्द्व पिडितहरुलाई राहात दिनका लागि शान्ति समिति सकृय हुनु पर्ने खांचो औल्याएका थिए । 
कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोबिन्दबहादुर कार्कीले जिल्ला तथा गाबिस स्तरमा रहेका  शान्ति समितिहरुलाई सकृय बनाउन सके जिल्लामा शान्तिका गतिबिधीहरुलाई प्रभावकारी बनाउन सकिने धारणा ब्यक्त गर्नु भयो । 
उक्त कार्यक्रममा स्थानीय शान्ति समितिका कार्यालय सहायक गौतम रोकायाले बार्षिक प्रगति विवरण प्रस्तुत गर्दै जिल्लाका ४३ गाबिसमा स्थानीय शान्ति समिति गठन गरिएको, चालु आर्थिक बर्षमा ९ पटक बैठक बसि २० वटा निर्णय गरि  १८ वटा निर्णयहरु कार्यान्वयन गरिएको, दुइृवटा विवाद सामाधान गरिएको र बिभिन्न तालिम तथा शान्ति सम्बन्धि चेतनामुलक कार्यक्रम गरिएको जानकारी गराउनु भयो । 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: