जेसिसको डोटी हरियाली अभियान

सिलगढी, असाढ २८ । एक बोट संरक्षण सहित, स्वच्छ वातावरण प्रदुषण रहित भन्ने नाराका साथ डोटी जेसिसले जिल्लाब्यापी डोटी हरियाली अभियान संचालन गर्ने भएको छ ।
दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको एक कार्यक्रमका बिचमा डोटी हरियाली अभियानको शुभारम्भ गरिएको छ । वातावरण संरक्षण गर्दै जलवायु परिबर्तनको असरलाई न्युनिकरण गर्ने उद्देश्यले डोटी हरियाली अभियान संचालन गर्न लागिएको डोटी जेसिसका अध्यक्ष मुकुन्दबहादुर रानाले बताउनु भयो । 
हाललाई नमुनाको रुपमा दिपायलको पिपल्ला बजार, राजपुर र सिलगढीका केहि स्थानमा संरक्षण सहित बृक्षारोपण गरिने र अभियानलाई जिल्लाब्यापी बनाईने डोटी जेसिसले जनाएको छ । 
डोटी जेसिसका अध्यक्ष मुकुन्दबहादुर रानाको सभापतित्व तथा महासचिब डिलबहादुर सिंहको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै जिल्ला भु संरक्षण कार्यालय डोटीका भु संरक्षण अधिकृत दामोदरसिंह ऐरले वातावरण संरक्षण सबैका सामु चुनौती बनेको बेला संरक्षण सहितको बृक्षारोपण कार्यक्रमको महत्व माथी प्रकाश पार्नु भयो । 
यसै गरि डोटीका जिल्ला बन अधिकृत पुष्पराज वर्तौलाले संरक्षण सहितको बृक्षारोपण अभियानका जिल्ला बन कार्यालय डोटी पनि सहभागि बन्ने कुरा बताउनु भयो । 
डोटी जेसिसले डोटी जिल्ला अदालत रहेको चोकमा जेसिस चौतारी निर्माण गर्ने निर्णय गरिएको महसचिब डिलबहादुर सिंहले जानकारी दिनु भयो । 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: