सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा कृषि प्राविधिक पद रिक्त

दिपायल, साउन ३ । सुदूरपश्चिमान्चल बिकास क्षेत्रमा रहेका कृषि कार्यालयहरुमा कुल ३ सय ९० जना कृषि प्राबिधिक रहेकोमा ६२ जना कृषि प्राबिधिकको पद रिक्त रहेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा सबै भन्दा बढी ९ जना कृषि प्राबिधिकको पद रिक्त रहेको छ भने कैलाली जिल्लामा सबै पदपूर्ति रहेका छन । यसै गरि हालैमात्रै स्थापना भएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र भागेताडा दिपायलमा १५ जनाको दरबन्दी रहेकोमा ९ जना कृषि प्राबिधिकको पद रिक्त रहेको छ । कृषि अनुसन्धानका सेवालाई प्रभावकारी बनाउन सो केन्द्रमा थप २१ जना कृषि प्राबिधिकको दरबन्दी आबश्यक रहेको समेत क्षेत्रीय कृषि निर्देशक रामानन्द कुर्मीले बताउनु भयो । 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: