सेती नदिमा बगेर एक जना बेपत्ता

 
 
डोटी ४ साउन, अबरिल बर्ष संगै सेती नदिमा आएको बाढीले आज दिउसो १ बजे दिपायल सिलगढी नगरपालिका वडा नंं ६ घोल्ताडा निवासी ४४ बर्षका हर्कबहादुर भण्डारी बगाएर बेपत्ता बनाएको छ ।
ईलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार स्थानीय दिपायल पिपल्ला बजारबाट घर तर्फ गईरहेको बेला भण्डारी सेती नदी संगै जोडिएको बाटोबाट चिप्लिएर नदीमा खसेका थिए । भण्डारीको अबस्था अज्ञात रहेको र स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य जारी राखेको ईलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरिक्षक लालसिंह रावलले जानकारी दिनु भएको छ । 
 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: