सुदूरपश्चिमका महिलाहरुमा पाठेघर खस्ने समस्या बढ्दो

डोटी | सुदूर पश्चिमका महिलाहरु मध्ये ३० बर्ष भन्दा माथीका अधिकांश ग्रामीण महिलाहरुमा पाठेघर खस्ने समस्या बढी रहेको पाईएको छ । जनचेतनाको अभावमा पाठेघर खस्ने समस्यालाई लुकाउदा पाठेघर खस्ने समस्या जटिल बन्दै गएको स्वास्थ्य क्षेत्रका बिज्ञहरुले बताएका छन । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलद्धारा हालै सुदूरपश्चिमका ९ वटै जिल्लामा आयोजना गरिएको पाठेघर खस्ने समस्या सम्बन्धि निःशुल्क स्वास्थ्य शिबिरमा उपचारका लागि आएका महिलाहरुको अबस्थालाई हेर्दा सानो उमेरमा बिवाह गर्ने, उमेर नपुगि बच्चाहरु जन्माउने,  सुत्केरी अबस्थाबाट कठिन काम गर्ने गरेको पाईएको उपचारमा संलग्न डा. भोजराज जोशीले बताउनु भयो ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पाठेघर खस्ने समस्या सम्बन्धी निःशुल्क स्वास्थ्य शिबिर अन्तरगत सुदुर पश्चिमका बिभिन्न जिल्लाहरु मध्य डोटीमा ७५, अछाममा ३८, बाजुरामा १ सय २८, बझांगमा १ सय ७, बैतडीमा ९८ जना, डडेल्धुरामा ७८ जना कंचनपुर जिल्लामा १ सय २७ जना र कैलाली जिल्लामा २०० जना महिलाहरुको पाठेघर खस्ने समस्याको उपचार गरिएको छ ।
उक्त शिबिर क्षेत्रीय स्वास्य निर्देशनाल दिपायको आयोजना तथा नेपालगन्ज मेडिकल कलेजको प्राबिधिक सहयोगमा संचालन गरिएको थियो ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: