सुदूरपश्चिममा खुल्ला दिसामुक्त घोषणा कार्यक्रम सुस्तगतीमा

डोटी, साउन , ४ गते । सन २०१७ सम्म मुलुकलाई खुल्ला दिसामुक्त घोषणा गरि सक्ने राष्ट्रिय लक्ष रहेपनि सुदूरपश्चिममा यो अभियानले गति लिन सकेको छैन ।
क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालय दिपायलको तथ्यांक अनुसार हाल सम्म सुदूरपश्चिमान्चल बिकास क्षेत्रका ९ जिल्ला मध्ये अछाम र डडेल्धुरा जिल्लालाई मात्रै खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । 
यसै गरि सुदूरपश्चिमान्चल बिकास क्षेत्रमा रहेका ६ वटा नगरपालिका मध्ये डडेल्धुराको अमरगढी नगरपालिका र ३ सय ८९ गाउं बिकास समिति मध्ये १ सय ८३ गाउं बिकास समिति मात्रै खुल्ला दिसामुक्त घोषणा भएको  क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालय दिपायलका सरसफाई फांट प्रमुख सुना पन्तले जानकारी दिनु भयो ।  
खुल्ला दिसामुक्त घोषणा गर्न बांकी जिल्ला बिकास समितिहरु मध्य कंचनपुर जिल्लामा २० गाबिस र १ नगरपालिका मध्य ३ गाबिस मात्रै खुल्ला दिसामुक्त घोषणा भएको छ । त्यस्तै कैलाली, बैतडी र दार्चुला जिल्लामा पनि खुल्ला दिसामुक्त घोषणा अभियानले गति लिन सकेको छैन । यसै गरि डोटी, बाजुरा  र बझांग जिल्लामा भने ५० प्रतिशत गाबिसहरु खुल्ला दिसामुक्त घोषणा भईसकेका छन । 
क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालय दिपायलका क्षेत्रीय निर्देशक रामचन्द्र शाहले खुल्ला दिसामुक्त अभियानले गति लिन नसकेको स्विकार्नु भयो । सरसफाई सम्बन्धि राष्ट्रिय लक्ष्य पुरा गर्न हरेक जिल्लाले बनाएको रणनीति अनुरुप सरसफाई अभियान अगाडी बढाउन पहल भईरहेको क्षेत्रीय निर्देशक शाहले बताउनु भयो । 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: