अर्ध व्यवसायिक कृषकहरुका लागि पाच दिने तरकारी खेती तालिम सम्पन्न

२०७१ साउन १८ गते/साझघाट, डोटी 
 
ग्रामिण भेगमा रहेका समुदायलाई अर्ध व्यवसायिक तरकारी खेती तर्पm उन्मुख गर्ने उद्देश्यले सञ्चालन गरेको ५ दिने तालिम आज साझ घाटमा सम्पन्न भएको छ । 
 
सो तालिम ग्रामीण विकास केन्द्र नेपाल डोटी र विश्व लुथरन महासंघको साझेदारीमा सञ्चालित उत्थनशिल जिविकोपार्जन तथा खाद्य सुरक्षा परियोजना अन्तरगत सञ्चालन गरिएको संस्थाले जनाएको छ । 
 
उक्त तालिममा ९ जना महिला र २२ जना पुरुष गरि ३१ जनाको सहभागीता रहेको थियो भने तालिममा सहजीकरण संस्थाका प्राविधिक टेकराज जोशीले गर्नु भएको थियो ।
 
सो तालिममा वेमौसमी तरकारी खेती, प्लाष्टिक घरमा गोलभेडा खेती, कम्पोष्ट मल, स्थानीय स्तरमा वनाईने विषादी जस्ता विविध विषयमा छलफल गरिनुका साथै सहभागीहरुवाटै प्लाष्टिक घर निर्माण गरि प्रयोगात्मक विधिलाई अपनाइएकाले सहभागीहरुलाई प्लाष्टिक घरको वारेमा वुझ्न अझै सहज भएको प्राविधिक टेकराज जोशीले वताउनु भएको छ ।
 
उक्त तालिममा सहभागीहरुवाट आ आफ्नो उत्पादन योजना तयार गरिएको थियो जुन योजना अनुसार कृषकहरुलाई प्लाष्टिक घरमा लाग्ने सम्पुर्ण लागत र आम्दानी सम्वन्धि सहभागीहरुले जानकारी प्राप्त गरि उक्त खेती गर्ने प्रतिवद्धता समेत गरेका छन । 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: