बाढीले तीन बेपत्ता, ७ को उद्धार, जोगबुढाका आधा दर्जन गाउँ उच्च जोखिममा

साउन ३०, डडेल्धुरा । 
 
डडेल्धुराको अशिग्राममा बिहान बिद्यालय गईरहेका तीन बालिकालाई रुवा खोलाले बगाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक डम्बरबहादुर चन्दका अनुसार बिहान ९ बजे बिद्यालय जादैं गरेका अशिग्राम–८की १६ बिर्षीय मन्जु देउवा, १५ बर्षिय साबित्री देउवा र भागरथी देउवालाई स्थानिय ठुलीगाड खोलाले बगाएको हो ।
 
बेपत्ता भएका तीनै जना स्थानीय अशिग्राम उच्च माबि रुवाखोलामा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । तीनै जनाको अहिले सम्म पत्ता लागेको छैन । यसै गरी जोगबुढामा खोला बढेर अलपत्र परेको पाँच जनालाई प्रहरीले उद्धार गरेको छ ।
 
बर्षात भईरहेका कारण भित्री मधेसका तीन गाबिसका जोगबुढा, शिर्ष र आलितालमा स्थानीयहरु त्रसित भएका छन् । महाकाली र रंगुन नदीले तिब्र कटान गरिरहेको छ ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: