दुई दिने पशु स्वास्थ्य शिविरमा एक हजार पशुको उपचार

img1

साउन ३०, मौवा ।
डोटीको पश्चिम चौकी क्षेत्रलाई मध्यनजर गरि कालिकास्थानको मौवा र महादेवस्थानको गौरेलीमा संचालन गरिएको दुई दिने पशु स्वास्थ्य शिविरमा तिन सय नौ घरधुरीका एक हजार पशुपंछीको उपचार गरिएको छ ।
 
उक्त कार्यक्रम ग्रामीण विकास केन्द्र डोटी र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित जिविकोपार्जन कार्यक्रम अन्तरगत वल्र्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग, जिल्ला पशु सेवा कार्यालय डोटीको प्राविधिक सहयोग र ग्रामिण विकास केन्द्र डोटीको आयोजनामा संचालन गरिएको थियो ।
 
सो शिविरमा तिन सय ५० वटा वाख्रा, एक सय एक वटा भैसी, चार सय ९२ वटा गाई÷गोरु, १० वटा घोडा, ४६ वटा कुखुरा र एक वटा कुकुरको उपचार गरिएको ग्रामिण विकास केन्द्र डोटीका अध्यक्ष दलवहादुर देउवाले वताउनु भयो । 
 
उपचार गरिएका पशुपंछीहरुमा डायरिया (छेर्ने रोग), ब्रोकन हर्न (सिंङ भाच्चीएको), र एवसिस जस्ता रोगहरुको संक्रमण देखिएको जिल्ला पशु सेवा कार्यालय डोटीका पशु विकास अधिकृत गणेशवहादुर ऐरले वताउनु भयो । 
 
पशुपंक्षिहरुलाई लाग्ने परजीवि नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविर श्रावण २८ गते कालिकास्थान गाविसको मौवा र २९ गते महादेवस्थान गाविसको गौरेलीमा सम्पन्न भएको थियो । 
 
पशुपंछीहरुको उपचारका लागि शिविरमा आएका पशुपालक कृषकहरुले आफ्ना पशुपंक्षिहरुलाई पटक पटक विभिन्न समस्याहरु देखिने भएकाले आगामी दिनमा पशु स्वास्थ्य शिविरहरु संचालन गर्न आग्रह गरेका थिए ।
 
कृषकहरुको सुझावलाई ध्यानमा राखेर सो शिविरका तिनवटै साझेदार निकायले आगामी दिनमा पनि कृषक तथा पशुपालकहरुको माग अनुसार पशु स्वास्थ्य शिविरहरु संचालन गर्न सकिने प्रतिवद्धता जनाएका छन् । 
 
सो शिविरमा जिल्ला पशु सेवा कार्यालय डोटीका पशु चिकित्सक खडक पाण्डे, पशु विकास अधिकृत गणेशवहादुर ऐर, अमन श्रेष्ठ तथा ग्रामिण विकास केन्द्र डोटीका प्राविधिक लगाएतको टोलीले पशुपंक्षिहरुको उपचार गरेका थिए ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: