अविरल वर्षाका कारण सुदुरपश्चिमका तराई र पहाडि जिल्लाहरु उच्च जोखिममा

साउन ३० । बुधवार राति देखि सुदुरपश्चिमका बिभिन्न ठाउमा परेको वर्षाका कारण जनजिवन प्रभाबित परेको छ । वर्षा पछि पहिरो र बाढि आउदा कैलाली, कंचनपुर लगायत सुदुरपश्चिमका पहाडि जिल्लाका जनजिवन प्रभाबित बनेको हो । वर्षा पछि आएको बाढिका कारण कैलालीका बिभिन्न क्षेत्रहरु डुबानमा परेका छन । कैलालीको गोदावरी क्षेत्रमा गोदावरी नदी र टुडेला खोलाको जोखिम बढेको छ भने मोहना छेउछाउ रहेको कैलाली कंचनपुरको बस्ती समेत कटानको जोखिममा परेको   छ । उता कर्णाली नदीको बाढीले रानीजमरा कुलरिया सिचाई आयोजना संगै नदी छेउछाउको बस्ती डुबानमा परेको छ । बाढीले सिँचाइ आयोजनाको तटबन्ध भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनराज जोशील् जानकारी दिनु भएको छ । 
 
यस्तै कैलालीको मध्यवर्ती क्षेत्रमा बिभिन्न स्थानिय नदीहरुले बिभिन्न ठाउमा केहि बस्ती डुबान र कटानको जोखिम बढेको स्थानियबासीले बताएका छन । निरन्तर बर्षा भईरहेका कारण अहिले पनि सो क्षेत्रमा नदिले खेति योग्य जमिन र मानब बस्ति कटान गरीरहेको छ । रोरा र चुरे नदि बस्तिमा पुगेपछि स्थानियबासी अग्लो ठाउतिर सरेका छन ।
 
यस्तै कैलालीको कान्द्रा नदीमा २ जनाको सब फेला परेको छ तर उक्त सबको सनाखत अहिलेसम्म पनि हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै थापापुर गाविस–४ कटानपुरका ६५ वर्षीय लाल धामी समेत स्थानिय खोलामा बगेर वेपत्ता भएका छन । उता अविरल बर्षाको कारण मसुरीयाको कटैनी नालाले पक्की पुल भत्काएको छ ।
यस्तै कंचनपुरको महाकाली, लगायत स्थानिय नदी खोलाहरुमा समेत बाढी कटानको जोखिम बढेको स्थानियबासीले बताएका छन । कञ्चनपुर जिल्लामा बाढीका कारण २ करोडभन्दा बढीको क्षति भएको छ । बाढीबाट  २ करोड ३६ लाख, ५६ हजार ३ सय ३० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयय कञ्चनपुरले जनाएको छ । बाढीले दोधारा–चाँदनी क्षेत्रका ४५ घर पूर्ण विस्थापित भएको प्रहरीले जनाएको छ ।
 
यसै गरि सुदुरपश्चिमको पहाडि जिल्लाका बिभिन्न गाउहरु समेत पहिरो कटानको जोखिममा परेका छन । अछाममा वुढीगङगा नदिले साफेबगरको बिभिन्न क्षेत्रमा कटान गरेको छ । भिर्कु गाउका ६३ घरपरिवार पहिरोको जोखिममा परेका छन भने साफेवगर  विमानस्थल संगै वजार पनि नदी कटानको जोखिममा परेको छ । यस्तै बाजुरा,  डडेल्धुराको भित्रि मधेस क्षेत्र, बझाङ, डोटी, बैतडी र दार्चुलाका बिभिन्न क्षेत्रमा समेत बाढी र पहिरोका कारण लाखौको क्षति पुगेको जिल्ला स्थितका प्रशासन कार्यालयहरुले जनाएको छ ।
 
यस्तै बिद्यालयय जाँदै गरेका तिन बालिका डडेल्धुराको असीग्राम गाविसमा बग्ने रुवाखोलाले बगाएर बेपत्ता भएका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बरबहादुर चन्दका अनुसार बिहान बिद्यालय जांदै गर्दा असीग्राम ८ कि कक्षा ९ मा अध्ययनरत १६ वर्षीया मन्जु देउवा, १५ वर्षीया साबित्री देउवा र भागरथी देउवा रुवाखोल्ऽाल्ऽे बगाएर बेपत्ता भएकी हुन । बेपत्ता भएकी तीनै जना स्थानीय असिग्रामा उच्च मावि रुवाल्ऽखोल्ऽामा कक्षा ९ मा अध्ययनरत रहेको प्रहरील्ऽे जनाएको छ । उनीहरुको प्रहरी र स्थानीय द्वारा खोजी कार्य जारी रहेको छ ।
 
यसै गरि बाजुराको अनाई र बाहुल्ऽी गाड खोलाले समेत बस्ती कटानको जोखिममा परेको छ । बस्ती कटानको जोखिममा परेपछि दुई सय परिवार बिस्तापित बनेको प्रमुख जिल्ल्ऽा अधिकारी धुर्बराज जोशीले बताउनु भयो ।
 
यसैबिच मौसम पूर्वानुमान महाशाखाले आईतवार सम्म देशको पश्चिमी क्षेत्रमा मुसलधारे वर्षा हुने जनाएपछि जिल्ला स्थितका प्रशासन कार्यालयहरुले सर्तक रहन सर्वसाधारणलाई आग्रह गरेका छन । यस्तै बाढी र पहिरोको जोखिम नियन्त्रणका लागि उच्च सर्तकता अपनाईएको समेत प्रशासन कार्यालयहरुले जनाएका छन । 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: