मृगौलाको पत्थरी कसरी रोक्ने ?

 

 
बदलिँदो खानपान, व्यस्त जिवनशैली,पानीको कम सेवन तथा व्यायामको अभाव जस्ता कारणहरुले गर्दा मृगौलाको पत्थरी पछिल्लो समयमा आम समस्या बन्दै गएको छ । उमेर छिप्पिएका धेरै मानिसहरु यो समस्याबाट ग्रसित छन् हाम्रो देशमा । मृगौलाले रगत छानेर पिसाब बनाउने क्रममा प्रायः विभिन्न यौगिकका मणिभहरु पिसाबसँगै छानिन्छन् र ती मूत्रनली हुँदै पिसाबसँगै बाहिर निष्कासन हुन्छन् । तर जब त्यस्ता विभिन्न लवणका क्रिस्टलहरुको आकार ठूलो बन्दै जान्छ तब त्यस्ता पदार्थलाई मृगौलाले छान्न सक्दैन र ती मृगौलाका कोमल तन्तुहरुमा फस्दछन् र पत्थरीको रुपमा विकाश हुन्छन् ।
यसरी मृगौलामा पत्थरी परिसकेपछि त्यसको उपचार भनेकै त्यसलाई शल्यक्रिया गरेर फ्याँक्नु नै हो । त्यसैले पत्थरीको उपचार गर्नुभन्दा पत्थरी पर्नै नदिनु राम्रो हुन्छ । पत्थरीबाट जोगिनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । मृगौलाको पत्थरी रोक्ने ९ काइदा यस्ता छन्(
१। प्रसस्त तरल पदार्थ पिउनुहोस्( दिनमा कम्तिमा पनि ८ गिलास पानी पिउनुहोस् । पानी प्रसस्त पाइने फलहरु जस्तै खरभुजा, सुन्तला र सागपात प्रसस्त सेवन गर्नुहोस् ।
२। कागती पानी वा सुन्तला(मौसमको जुस नियमित रुपमा पिउनुहोस् ।  यस्ता अमिलो फलफूलको सेवनले पत्थरको निर्माण हुनबाट रोक्दछ । तर अंगुरको अत्यधिक सेवन भने जोखिमपूर्ण हुन्छ र यसले पत्थरीको जोखिम बढाउँछ ।
३। अक्जालेटयुक्त खाद्यपदार्थ कम सेवन गर्नुहोस्( मृगौलाको पत्थरीमा क्याल्सियम अक्जालेट भन्ने यौगिक अत्यधिक हुन्छ । त्यसैले अक्जालिक अम्लयुक्त खाद्यपदार्थ मृगौलाका लागि हानिकारिक हुने विज्ञहरु बताउँछन् । त्यस्ता अक्जालिक खाद्यपदार्थहरुमा पालुंगोको साग, चिया, चकलेट, भटवासजन्य पदार्थ तथा चुकन्दर लगायतका पर्दछन् ।
४। नून कम खानुहोस्( मृगौलाको पत्थरी भएका मानिसहरुलाई सोडियम भएका खाद्यपदार्थ कम खान सल्लाह दिइन्छ । पत्थरी भएकालाई मात्र नभएर पत्थरी हुनबाट जोगिन चाहनेका लागि समेत नुन कम खानु उपयुक्त हुन्छ । नूनको कम सेवनले मुटु तथा रक्तचाप सन्तुलनमा समेत सहयोग गर्छ ।
५। मासुजन्य प्रोटिन कम खानुहोस्( जनावरको मासु तथा अण्डामा पाइने उच्च प्रोटिनले मृगौलाको पत्थर बनाउने क्रिस्टलहरुलाई एकैठाउँमा जम्मा हुन र थिग्रिन मद्धत गर्छ । पिसाबको अम्लपना बढ्ने र युरिक एसिडमा भएका तत्वहरुको खण्डीकरण कम हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् । प्रोटिनका लागि मासु तथा अण्डा खानुभन्दा गेडागुडी खानु लाभदायी भएको वैज्ञानिकहरुको मत छ ।
६। क्याल्सियम युक्त खाद्यपदार्थ खानुहोस् तर क्याल्सियम चक्की वा औषधि होइन । हाम्रो खानामा पर्याप्त क्याल्सियमभ एन भने रगतमा अक्जालेटको मात्रा बढ्न जान्छ र त्यसले मृगौलामा पत्थरीको जोखिम बढ्छ । त्यसैले क्याल्सियम युक्त खाद्यपदार्थ जस्तै बदाम, ओखर सागपात जस्ता कुरा खानुहोस् । तर क्याल्सियम पाउनका लागि क्याल्सियम चक्की वा अन्य सप्लिमेन्टको प्रयोग गर्नु मृगौलाका लागि हानिकारक हुन्छ ।
७। कफी कम पिउनुहोस्( कफी तथा चियाको अत्यधिक सेवनले मृगौलाको पत्थरीको जोखिम बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
८। गुलियो पेय पदार्थहरु कम पिउनुहोस् । बढि गुलियो पेय पिउँदा त्यसले मृगौलमा पत्थरीको जोखिम बढाउँछ ।
९। बढि अम्लीय खाना नखानुहोस् । अम्लीय तथा क्षारिय गुण भएका खाद्यपदार्थ सन्तुलित मात्रामा खानुपर्छ । खानामा हुने क्षारिय तत्वले पत्थरीको जोखिम घटाउँछ । केयर टू डट कमबाट
( क्भभ mयचभ बतस् जततउस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्ज्ञद्धरण्ढरज्ञडछढटण्र३कतजबकज।छग्द्धत्रद्यत्टप।मउगा


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: