डोटीका ११ गाबिस सचिब बिहिन, जनताको सेवा प्रभावित

 

डोटी जिल्लाका बिभिन्न ११ गाउ बिकास समितिमा सचिब पदपूर्ति नहुदा जनताका सेवाहरु प्रभावित भएका छन । गाउं बिकास समितिका सचिबहरु सरुवा भई गईसकेको लामो समय भई सक्दा पनि सचिब पदपूर्ति नभएपछि एक जना सचिबले ३ गाबिसको समेत जिम्मेवारी सम्हालिरहेका छन । 
जिल्ला बिकास समितीको तथ्यांक अनुसार हाल रिक्त भएका गाबिसहरुमा डौड गाबिस सचिब लालबहादुर बोगटीले तोलेनी र छपाली, दहकालिकास्थान गाबिसका सचिब डण्डीराज भट्टले कालिकास्थान गाबिस, मुडेगाउं गाबिस सचिब गणेश भट्टले कफलेखी गाबिस, कानाचौर गाबिस सचिब हेमन्त टमटाले मान्नाकापडी गाबिस, घण्टेश्वर गाबिस सचिब ताराप्रसाद अधिकारीले छतिवन गाबिस, सिमचौर गाबिस सचिब दिपक चन्दले केदारअखडा गाबिस, बगलेख गाबिस सचिब भिमबहादुर धामीले खिरसैन गाबिस र बछैन गाबिस सचिब भरत नेपालीले लानाकेदारेश्वर गाबिसको जिम्मेवारी सम्हाल्नु भएको छ । 
जिल्ला बिकास समिति डोटीका शाखा अधिकृत चुडामणी जोशीले गाबिस सचिब पद रिक्त रहेको बारेमा लोक सेवा आयोगमा जानकारी गराई सकेको बताउदै जनताका सेवाहरु प्रभावित नहुन भनेर छिमेकी गाबिस सचिबलाई जिम्मेवारी दिईएको बताउनु भयो ।  
जिल्ला बिकास समिति डोटीले थप जिम्मेवारी सुम्पिएपछि छिमेकी गाबिस सचिबहरुले पनि बोझ महसुस गरेका छन । आफ्नो गाबिसमा प्रर्याप्त समय दिन नसकिरहेको अबस्थामा थप जिम्मेवारीले काम गर्न असजिलो महसुस भएको छ । जेनतेन गाबिसका सेवा प्रभावित हुन दिएका छैनौं , कानाचौर  गाबिस सचिब हेमन्त टमटाले बताउनु भयो ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ ले स्थानीय निकायलाई जनताका सबै भन्दा नजिकका निकायका रुपमा अधिकार सम्पन्न बनाएको छ । सेवाग्राहीहरु गाबिसबाट बिभिन्न सिफारिसहरु, मालपोत, बिभिन्न करहरु, पन्जिकरण  सम्बन्धि काम, सामाजिक सुरक्षा सम्बन्धि सेवाहरु लिने गर्दछन ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: