बजार अनुगमनका क्रममा ठुलो मात्रामा अखाद्य बस्तु बरामद

डोटी, 
बडा दशैको अबसर पारी डोटीका बिभिन्न बजार क्षेत्रमा गरिएको अनुगमनका क्रममा ठुलो मात्रामा अखाद्य बस्तुहरु बरामद गरिएको छ । 
जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारी अनुसार बडा दशैको अबसर पारी डोटीको दिपायल, राजपुर, पिपल्ला, एयरपोर्ट, सिलगढी, चौखुट्टे तथा शान्तिनगर बजार क्षेत्रमा अनुगमन गरिएकोमा ठुलोमात्रामा अखाद्य बस्तुहरु बरामद गरिएको हो । 
अनुगमनका क्रममा बिभिन्न मसलाहरु, बिस्कुट, पेय पदार्थ, सुर्तिजन्य पदार्थ, चाउचाउ, चाउमिनहरु बरामद गरिएको बजार अनुगमन संयोजक तथा प्रशासकिय अधिकृत जनकराज शर्माले जानकारी दिनु भयो । 
शर्माका अनुसार बजार अनुगमनका क्रममा बिभिन्न क्षेत्रमा सुन चांदी पसलहरुमा मापदण्ड बिपरितका तराजुहरुबाट उपभोक्ताहरु ठग्ने गरिएको पाईएको बताउदै बिभिन्न ६ वटा सुनचांदी पसलहरुबाट तराजुहरु बरामद गरि सम्बन्धित निकायमा पठाईएको बताउनु भयो । 
 


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: