सरसरफाई सम्बन्धि बिभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरि साताब्यापी रुप

डोटी समाचारदाता
डोटी, जेठ २३ गते । यस बर्षको राष्ट्रिय सरसफाई सप्ताह २०७१ को अवसर पारी डोटी जिल्लाका बिभिन्न स्थानमा सरसरफाई सम्बन्धि बिभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरि साताब्यापी रुपमा मनाईने भएको छ ।
राष्ट्रिय सरसफाई सप्ताहको अबसर पारी सदरमुकाम सिलगढी र पिपल्ला बजार सरसफाई, दिपायल र सिलगढीमा रहेका खानेपानीका ट्यांकीहरु सरसफाई, जिल्ला स्थित सरकारी तथा नीजि घरहरुको सरसफाईको अबस्थाको अनुगमन  गर्ने कार्यक्रम रहेको छ ।
क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालय दिपायलका ईन्जिनियर प्रकाश रावलका अनुसार राष्ट्रिय सरसफाई सप्ताहको अबसरमा मुडेगाउं, बगलेख र कलेना गाउं बिकास समितिका साथै दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ लाई खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । यसै गरि स्थानीय एफ.एम रेडियोबाट सरसफाई सम्बन्धि सार्बजनिक बहस कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ ।
सरसफाई सम्बन्धि राष्ट्रिय लक्ष्यलाई पुरा गर्न डोटी जिल्लाले सन २०१४ सम्ममा सबै गाबिस र नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरि सक्ने र सन २०१५ मा जिल्ला खुल्ला दिसामुक्त भएको घोषणा गर्ने लक्ष्य लिएको छ । हाल सम्म जिल्लाका ५० गाबिस र दिपायल सिलगढी नगरपालिका मध्ये २३ गाबिस खुल्ला दिसामुक्त घोषणा भईसकेका छन ।


आफ्नो मत व्यक्त गर्नुहोस्
CAPTCHA Image   Reload Image


Calculate the above mathematical problem to prove that you are not a robot Enter Code*: